बालेनलाई भेटेपछि हर्क साम्पाङको प्रतिक्रिया- हतार नगर्नु, नयाँ शक्ति निर्माण हुनेछ !

  • मंसिर २९, २०८० | ४९६ पटक पढिएको | सीमा संदेश
alt

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सामाजिक सञ्जालमा निकै सक्रिय छन् । हरेक दिन उनले फेसबुकमा दर्जनौं स्टाटस लेख्छन् । आफ्ना हरेक गतिविधि र विचार उनले फेसबुकमार्फत् सार्वजनिक गर्दै आएका छन् । 

उनी केहीदिनअघि मात्रै काठमाडौं आएका थिए । काठमाडौंमा रहँदा उनले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीहरूलाई भेटे । 

काठमाडौं आएका बेला उनले मेयर बालेन्द्र शाह (बालेन)लाई पनि भेटेका थिए । काठमाडौंका मेयर बालेनसँगको उनको भेट चर्चाको विषय बन्यो । गत निर्वाचनमा बालेन र हर्क दुवै स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

यी दुई मेयरलाई लिएर विभिन्न अड्कलबाजीसमेत हुँदै आएको छ । कतिपयले आगामी निर्वचनअघि दुवैले मिलेर पार्टी खोल्ने समेत चर्चा गर्दै आएका छन् । काठमाडौंमा बालेनलाई भेटेर फर्केपछि हर्कले पनि त्यस्तै संकेत गरेका छन् । 

शुक्रबार बिहानै उनले फेसबुकमा लेखेका छन्, 'हतार नगर्नु, नयाँ शक्ति निर्माण हुनेछ !' यसले बालेन र हर्क मिलेर नयाँ पार्टी खोल्ने चर्चा गरिरहेकाहरूलाई बल पुर्‍याएको  छ । 

उसो त उनले बिहीबार मात्रै बालेनसँगको तस्वीर राख्दै यही शंकालाई बलपुग्ने स्टाटस लेखेका थिए ।  'जीत हुन्छ क्रान्तिको शंकै नमान ! हामी झन विशाल बन्छौँ धन्दै नमान !' उनले लेखेका थिए । 

यसबारे थप बुझ्न खोज्दा उनले कुनै प्रतिक्रिया जनाउन मानेनन् । 'भेटेर कुरा गरौला' भन्दै फोन राखिदिए । 

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब