सिरहा, २९ मंसिर । जाडोबाट हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखि सिरहा नगरपालिका नगरवासिलाई सुरक्षित बनाउन पूर्ण तयारीमा रहेको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताए ।
केही दिन देखि सुरु भएको शितलहरलाई ध्यानमा राखि जाडोको कारण मनविय क्षति रोक्न पूर्ण तयारी भईसको छ । विशेष गरी सडक बालबालिका, दलित, विपन्न, अशक्त र गरिब नागरिकलाई प्रमाथमिकतामा राखि न्यानो बनाउने तयारी रहको छ ।
जाडो सामान्य रुपमा सुरु भईसकोले कुनै पनि नागरिक यसबाट प्रभावित भए, यस्ता जानकारी नगरपालिकालाई गराए, तुन्त सुरक्षित बनाउने कार्य हुने छ । जाडोबाट प्रभावित एक अशक्त महिलालाई न्यानो बनाउन कम्बल सहयोग गर्दै भने, तपाईहरुका नगरपालिका हाकिम चौविसै घण्टा साथमा छ ।
कुनै समस्या भए कुनै पनि वेला सहयोग हुन्छ, ढुक्क हुनु जति वेला पनि नगरपालिकमै भेटछु आनुस् हातमा हाथ र काँधमा काँध मिलाई नगरवासिका लागि कार्य गर्न तयार रहको प्रमुख प्रशासकीय यादबले सबैसँग अनुरोध गर्नु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved