विवाहपञ्चमीमा तीर्थालुलाई सास्ती

  • पुस २, २०८० | ५५७ पटक पढिएको | सीमा संदेश
alt

सीताराम विवाहपञ्चमीमा सहभागी हुन आएका तीर्थालुहरुलाई सास्ती खेप्नु परेको छ । श्रद्धालु भक्तजनहरुको भीडका कारण राम मन्दिर, जानकी मन्दिर, विभिन्न मठ, कुटीलगायतका स्थलमा बासोबासका लागि स्थान नहुँदा तीर्थालुहरुलाई सास्ती खेप्नु परेको छ ।

साताव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमीको तयारीका लागि महिनादिन अघिदेखि नै बैठक बसेर विभिन्न व्यवस्थापनका लागि सरोकारवालले आन्तरिक तयारीमा लगिपरेका थिए । तर विवाहपञ्चमीको एक दिन अघि देखि नै श्रद्धालु भक्तजनहरुका लागि बसोबासको व्यवस्थापन यथोचितरुपमा नहुँदा उनीहरु खुला आकाश मुनि राति विताउन बाध्य भए ।

राम मन्दिर, जानकी मन्दिर, संकट मोचन मन्दिरलगायत यहाँका विभिन्न मठ मन्दिरहरुमा भक्तजनहरुले रात गुजारेर विवाहपञ्चमीमा सरिक भए । भारत तथा नेपालकै आन्तरिक भक्तजनहरुको अधिक चापले गर्दा जनकपुरधाम स्थित होटेल, लज, धर्मशालालगायतका स्थानहरुसमेत खचाखच भरिएको छ । लाखौँ भक्तजनहरुका लागि सरोकारवालले विश्रामस्थलको व्यवस्थापन र शौचालयको समुचित प्रबन्ध नहुँदा विगत झैँ समस्या उत्पन्न भएको एक भक्तजन बताए ।

भारतको दरभंगा बस्ने सुनिलप्रसाह कलवारका अनुसार माता सीताको विवाह हेर्नका लागि स–परिवार आएर जसोतसो दर्शन सम्भव भए पनि विश्रामस्थल र शौचालयमा निकै कठिनाई भोग्नु परेको सुनाए । विवाहपञ्चमी लक्षित विभिन्न संघसंस्थाले सामाजिक कार्यमा लागे पनि शौचालय र बसोबास व्यवस्थापनमा कसैले ध्यान नदिँदा यस्ता खाले समस्याहरु हरेक वर्षमा आउने गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० बस्ने किसन मण्डलले बताए ।

यता जनकपुरधाम उपमहानगरपालिकाले बाह्रविघा रंगभुमि मैदानमा शौचालय र विश्रामस्थलको व्यवस्था गरेको जनाए । तीर्थालुहरुको बसोबास र शौचालय व्यवस्थापनमा गत वर्षहरुमा पनि चासो लिइएको थिएन् । जनकपुरधाम उपमहानगरपालिकाका उपनगरप्रमुख किशोरी साहले तीर्थालुहरुको सहज व्यवस्थापन तर्फ गम्भीररुपमा ध्यान दिएको र विश्राम स्थलदेखि शौचालय व्यवस्थापनमा यस वर्ष हरेक सार्वजनिक शौचालयहरुलाई निःशुल्क गरिएको बताए ।

यस समस्यालाई संघीय सरकार, मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका लगायतका सरोकारवाला संघसंस्थाले गम्भीररुपमा नलिँदा विवाहपञ्चमी समापनसँगै जनकपुरधाम क्षेत्र नै फोहोर र दुर्गन्धितको डुंगुरमा परिणत हुने गरेको छ । जसले गर्दा सर्वसाधारणमा संक्रमण रोग फैलिने प्रवल सम्भावना पनि हुन्छ ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब