दुइ नम्बर ईटा र कमसल बालुवा प्रयोग

  • पुस ३, २०८० | ३६४ पटक पढिएको | सीमा संदेश
alt

रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरको कम्पाउण्ड भित्र निर्माण भइरहेको मातृत्व तथा नवजात भवनको निर्माणमा ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरिरहेको पाइएको छ ।

नेपाल सरकारको शहरी विकास मन्त्रालयको प्रत्यक्ष निगरानीमा निर्माण भइरहेको प्रसूति गृह भवनमा २ नम्बर ईट तथा स्थानीय स्तरको कमसल बालुवा प्रयोग भइरहेको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् । शहरी विकास मन्त्रालयको ७ करोड़ ६७ लाख ४ हजार १ सय ४७ रुपैयाँ ४८ पैसामा ठेक्का कवुल गरेका दिवा आर पि जे वि गौरका निर्माण व्यवसायी राम प्रसाद पटेलले २०८० साल माघ १२ गते भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सुरू गरेको साढ़े तीन तल्ले भवनमा भुई तल्ले ,पहिलो र दोस्रो तल्लामा २ नम्बर ईटा धमाधम प्रयोग गर्न लागेका छन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना वीरगञ्जका प्राविधिकको रेखदेखमा निर्माण भइरहेको प्रसूति गृह भवनको निर्माणमा ठेकेदारद्वारा कमसल निर्माण सामग्रीको प्रयोग गर्दा पनि प्राविधिकले रोक लगाउन नसकेको गुनासो स्थानीयहरुको रहेको छ । प्रादेशिक अस्पताल गौरको व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष अनवर हासमीले दुई नम्बरको ईटा तथा कमसल बालुवा प्रयोग नगर्न भन्दा पनि ठेकेदारले नमानेको आरोप लगाए ।

अस्पताल जस्तो सम्बेदनशील ठाउँमा नवजात शिशु र आमाका लागि निर्माण हुदै गरेको भवनमा कमसल निर्माण सामग्री प्रयोग गर्ने निर्माण कम्पनीलाई अनुगमन निरीक्षण गरी कारवाही गर्नुपर्ने माग समेत गरेका छन् । सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगञ्ज पर्साका इन्जिनियर मुकेश महतो कोइरीले दुई नम्बरको ईटा तथा कमसल बालुवा प्रयोग नगर्न निर्देशन दिइएको बताएका छन् । कमसल निर्माण सामग्री प्रयोग गरिएमा कारवाही समेत गरिने उनले बताए । भवन निर्माण गर्ने जिम्मा लिएका निर्माण कम्पनीका निर्माण व्यवसायीले भवन निर्माणमा प्रयोग गरेको कमसल निर्माण सामग्रीको सम्बन्धमा स्थलगत निरीक्षण गरी ल्याव परीक्षण गरी आउने प्रतिवेदनको आधारमा कÞानुनी कारवाही गर्नुपर्ने बताए ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब