जसपामा फेरि रेणु नै बलियो

  • पुस ८, २०८० | ४७३ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीमा देखिएको पार्टी भित्रको आन्तरिक विवाद मिलाउनका लागि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव आफैं सप्तरी पुगेका छन् । सप्तरीको पर्सामा असन्तुष्ट पक्षले समानन्तर जिल्ला कमिटी बनाएपछि पार्टीको नेतृ रेणु यादवलाई फकाउन अध्यक्ष यादव सप्तरी पुगेका छन् ।

मधेश प्रदेशमा रेणु बलियो अवस्थामा पुगेपछि अध्यक्ष यादव उनलाई फकाउन सप्तरी पुगेका छन् । सप्तरीमा कार्यकारिणी सदस्य रेणु यादव र केन्द्रीय सदस्य शैलेन्द्र साहको अगुवाइमा उमेश यादवको नेतृत्वमा अर्को कार्य समिति बनेको छ । जो समिति निर्वाचित समिति भन्दा बलियो देखिएको छ ।

जसपा सप्तरी जिल्ला समितिका अध्यक्ष केदार यादव छन् । उनको विपक्षमा उमेश यादवको नेतृत्वमा नयाँ कार्य समिति बनेको छ । जिल्ला जिल्लामा देखिएको विवाद समाधान गर्नका लागि जसपा मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादवको संयोजकत्वमा कार्यदल गठन भएको थियो । त्यो कार्यदलले पनि समस्या समाधान गर्न नसकेपछि अध्यक्ष यादव आफै सप्तरी पुगेका छन् । उनले दुवै पक्षका नेतासँग यस विषयमा छलफल गरी समस्या समाधानका लागि प्रयास गर्ने जसपाका एक जना कार्यकारिणी सदस्यले बताए ।

जनता समाजवादी पार्टी (जसपा)मा महिला नेतृको रुपमा रेणु यादव प्रभावशाली नेतृको रुपमा मानिन्छ । जसपाले उनलाई राष्ट्रिय सभा सदस्य बनाउने आश्वासन दिएपछि त्यहाँको विवाद साम्य हुने देखिएको जसपाका एक नेताले जानकारी दिए । ज

सपामा नेतृ यादवलाई उपेक्षा हुन थालेपछि उनी लगायत केही नेताहरु जिल्ला जिल्लामा समानान्तर समिति बनाउन थालेका थिए । तर, अध्यक्ष यादवले यस विवादलाई समाधान गर्नका लागि आफैले थालेको पहल सकारात्मक हुने ती नेताले विश्वास व्यक्त गरेका छन्

। रेणु यादव मधेश आन्दोलनको बेला पार्टीका अध्यक्ष यादवको काँधमा काँध मिलाएर हिडेकी नेतृ रहेकी जसपाका पुराना नेताहरुको भनाइ छ ।

जसपामा समानान्तर समिति गठन हुने होडवाजी चलेपछि पार्टीका अध्यक्ष यादवले आफै पहल थालेका छन् । जनकपुरधाम नगर समितिमा समेत समानान्तर समिति गठन गरिएको छ भने पर्सामा समेत समानान्तर समिति गठन गरिएको छ ।

समानान्तर समिति गठन हुँदा पार्टी कमजोर हुने र यसले पार्टीलाई दीर्घकालीन असर पर्न सक्ने भएकाले पार्टी अध्यक्ष सप्तरी पुगेका छन् । सप्तरीबाटनै उनी आन्तरिक कलहहरु समाधान गर्दै जाने भएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्वर २ पार्टी अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र छन् जहाँ आन्तरिक कलकहै कारण उनी जनमतका अध्यक्ष सीके राउतबाट पराजित हुनु परेको थियो ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब