‘कौन बनेगा करोडपति’ शोको बिदाइमा भावुक भए अमिताभ बच्चन

  • पुस १६, २०८० | २९७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । ‘कौन बनेगा करोडपति १५’को अन्तिम श्रृंखला छायांकन गर्ने क्रममा अमिताभ बच्चन भावुक देखिए । सिजनको अन्तिम एपिसोडलाई टुंग्याउनुअघि ‘शुभरात्री’ भन्दा उनले आँसु बगाए ।

यो शो अर्को वर्ष सिजन १६ सहित फिर्ता हुनेछ ।

भिडियोले फ्यानलाई भावुक बनायो किनभने अमिताभले सम्भवतः अहिलेको सिजन अन्त्यको संकेत गरिरहेका थिए । अमिताभको यो भिडियो सामाजिक संजाल एक्स (पहिलेको ट्वीटर)मा ट्रेन्ड भैरहेको छ ।

भिडियोमा प्रतिक्रिया दिँदै धेरैले यो केबीसीबाट अमिताभको अन्तिम बिदाइ हो भन्ने सोचेका छन् । एक फ्यान कमेन्ट सेक्सनमा लेख्छन्, ‘अमित सर यस्तो उमेरमा पूर्ण समर्पण र जोशको उदाहरण हुनुहुन्छ ।’

“म केबीसीलाई मिस गर्नेछु र अमिताभ बच्चन सरलाई । अर्को सिजनको लागि पर्खनेछु’ अर्कोले लेखे । अन्तिम एपिसोडमा अविनाश भारती र शीला देवी देखिएका थिए । फाइनलमा विद्या बालन, शर्मिला टैगोर र सारा अली खान पनि देखिएका थिए ।

‘कौन बनेगा करोडपति १५’ सोमबारदेखि शुक्रबार राति ९ बजे सोनी टिभीमा प्रसारण हुन्छ । सोनीलिभ एपमा पनि सो शो स्ट्रिम गरिन्छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब