एमालेको टार्गेटमा ढुङ्गाना ! राष्ट्रिय सभा सदस्य पदका लागि मतदातालाई आर्थिक प्रलोभन

  • माघ १, २०८० | ३१९ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभाको दुई सदस्य पदका लागि भइरहेको चुनावमा मतदातालाई प्रभावित गर्न आर्थिक प्रलोभन दिन थालिएको छ ।

मधेश प्रदेशबाट कांग्रेसले अन्य कोटामा आनन्दप्रसाद ढुङ्गानालाई उम्मेदवार बनाएदेखि नै सत्ता गठबन्धनमा केही नेताहरुले असन्तुष्टि व्यक्त गरेका थिए । गठबन्धनमा देखिएको असन्तुष्टिबाट लाभ लिन नेकपा एमाले विभिन्न रणनीतिमा काम गरिरहेको बताइन्छ ।

एमालेले विजयेता झालाई उम्मेदवार बनाएको छ । झा पनि अन्य कोटाबाट उम्मेदवारी दिएकी छन् । मधेश प्रदेशमा एमालेसित सर्वाधिक मतभार रहेको छ । एमालेका उम्मेदवार राजनीतिक रुपमा बढी चर्चित नरहे पनि मधेशी महिला भएकीले सत्ता गठबन्धनको असन्तुष्ट पक्षको मत तान्न सक्ने आकलन गरिदैछ ।

जनमत पार्टीले पनि अन्य कोटामा रामशंकर महासेठलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीसित रहेको मतभार सत्तासिन गठबन्धनका उम्मेदवार ढुङ्गानालाई नजाने निश्चित नै छ ।

गठबन्धनबाट महिला सदस्य पदका लागि जनता समाजवादी पार्टी(जसपा)की पुजा चौधरी उम्मेदवारी दिएकी छन् । उनी बिरुद्ध एमालेले पनि थारु जातिकै उषा देवी थरुनीलाई उम्मेदवार बनाएको छ । दुबै एकै जातिका रहेको र महिला भएकाले मत बाँडफाँटको संभावना कमजोर रहेको बताइन्छ । महिला सदस्यमा एमालेले सामान्य रुपमा प्रचार प्रसार गरिरहे पनि अन्य कोटामा विजयेता झाको पक्षमा सशक्त रुपमा काम गरिरहेका बताइन्छ । एमालेका एकजना नेताका अनुसार गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारबीच मतभारको फरक धेरै देखिए पनि परिणाम अप्रत्याशित हुन सक्छ ।

माघ ११ गते सबै प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि मतदान हुनेछ । निर्वाचन आयोगले आचारसंहिता पनि आइतवार जारी गरेको छ । केन्द्र र प्रदेशको सरकारमा सहभागी जनमत पार्टीले उठाएको उम्मेदवारलाई फिर्ता गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आइतवार गरेको प्रयास सफल हुन सकेन् ।

प्रधानमन्त्री प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सी के राउतबीच भएको छलफलमा उम्मेदवारी फिर्ता लिन नसक्ने राउतले प्रष्ट गरेको बताइएको छ । गठबन्धनका उम्मेदवारबिरुद्ध राउतले उपराष्ट्रपति र बारा जिल्लाको उपचुनावमा पनि उम्मेदवार उठाएका थिए ।

गठबन्धनमा रहेर पनि चुनावमा अलगै उम्मेदवार उठाउने राउतबिरुद्ध जसपा, नेकपा र नेपाली कांग्रेसले बिरोध जनाएको बताइएको छ ।

एमालेका नेताहरुका अनुसार अन्तिम समयमा जनमत पार्टीसित तालमेल हुनसक्ने सम्भावना बढन थालेको छ ।

सत्तागठबन्धनका असन्तुष्टहरुको मतलाई तान्न हरसम्भव प्रयास भइरहेको ती नेताले जनाए ।

मधेश प्रदेशमा कांग्रेसको १ हजार ९ सय ५३, माओवादीको ७ सय ५, लोसपाको ९ सय ३५, नेकपा एसको ४ सय २४, जसपाको १ हजार ८ सय ४३ ,एमालेको २ हजार ३ सय ५७, नागरिक उन्मुक्ति पार्टीको ५३ र जनमत पार्टीको ७ सय ४६ मतभार रहेको छ । प्रदेश सभासदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख÷अध्यक्ष,, उपप्रमुख÷उपाध्यक्षको मतभार १९ रहेको छ ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब