सिडिओ कार्यालयमै मिटरब्याज ऋणीद्वारा साहुलाई कुटपिट

  • माघ ५, २०८० | ३२१ पटक पढिएको | सीमा संदेश
alt

सिरहाका मिटरब्याज पीडितहरुले सिडिओ कार्यालयभित्रै साहुलाई कुटपिट गरेको छ । विहिबार मिटरब्याजको मुद्दामा छलफल भईरहेको बेला पीडितहरुले साहुलाई कुटपिट गरेको हो । 

बिहिवार दिउँसो सिरहा जिल्ला प्रशासन कार्यलय परिसरमै मिटरब्याज पीडितहरुले साहुले बलजबरदस्ती गर्न खोजेपछि कुटपिट गरेको हो । कुटपिटले साहुलाई टाउकोमा चोट लागेको हो । 

कपाली तमसुक अनुसार मिटरब्याज पीडित अर्थात ऋणी भनिएका राज कुमार महतो र साहुकार धनी सूर्य कुमार यादबबीच लेनदेन विषय लिएर कुटपिट भएको हो । साहु सुर्य कुमार यादव कानुन व्यावसायी समेत रहेका छन् । 

साहुकार यादव र ऋणी महतोबीच आपसी लेनदेन विषयमा विवाद भएपछि यादवमाथि कुटपिट गरिएको हो । विवादकै क्रममा साहु यादवलाई टाउकोमा हानेपछि रगत निस्केको बताईएको छ । 

जानकारी अनुसार, साहु सुर्य कुमार यादवबाट ऋणी राज कुमार महतो सुरुमा ७ लाख रुपैयाँको लेनदेन गरेको थियो । एउटै लेनदेनमा तीन तीन वटा कपाली तमसुक बनाएका यादवले आफ्नै मुद्दा मिलाउनको लागि पटक-पटक रुपैयाँ मागेर सहमति गरेको बताईन्छ । 

वकिल भनिएका साहु यादवले पीडित महतोलाई मुद्दा मिलाउने प्रलोभनमा पटक पटक रकम शोषण गर्दै गएपछि अति भएर पीडितले उनीमाथि कुटपिट गरेको बताईएको छ । मुद्दा मिलाउनको लागि पनि चाहिने अदालत खर्च समेत आफै ऋण दिएर पुनः ऋणी बनाउँदै गएपछि उनी छलफलको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा गएका थिए । तर, त्यहाँ समेत यादवले धोँस देखाउन थालेपछि उनलाई कुटपिट गरिएको हो । 

ऋणी भनिएका महतो झन पीडित बन्दै गएपछि उनले सिडिओ गुहारेका थिए । सोही क्रममा सिडिओ अफिसमा छलफलको बेला समेत ऋणीलाई नटेर्ने, मुखबालाहरुको हालीमुहाली मात्रै देखेपछि आक्रोसित बनेका महतोले यादवलाई कुटपिट गर्न बाध्य भएको प्रतिक्रिया दिएका छन् । 

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब