गुलाम बनाइराख्न मधेशलाई ४/५ टुक्रा पारियो : उपेन्द्र यादव

  • माघ ५, २०८० | ३११ पटक पढिएको | सीमा संदेश
alt

बलिदानी दिवसलाई सम्बोधन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले मधेशीलाई सँधैभरि गुलाम बनाइ राख्न राज्यले मधेशलाई ४÷५ टुक्रा पारेको आक्रोश पोखेका छन् । वीरगञ्जमा मधेश सरकारको गृह संचार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानले आयोना गरेको छैठौं बलिदानी दिवसलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

‘मधेश आन्दोलन केवल ८ जिल्लालाई मधेश प्रदेश बनाउन भएको थिएन । आन्दोलनको लक्ष्य थियो समग्र मधेश एक स्वायत प्रदेश’ यादवले भने ‘तर जव पुनरसंचना आयोग बन्यो । सर्वेक्षणमा टुक्राटुक्रा बनायो । पश्चिमका थारुले पश्चिम एक प्रदेश हुनुपर्छ माग गर्यो । त्यस बेला हामी स्वीकार्यौं । दुई प्रदेश नै होस् भनेर । तर मधेशलाई सँधैभर गुलाम बनाउन नै मधेशलाई ४÷५ टुक्रा गर्यो’
उनले राज्य षडयन्त्रपूर्वक आठ जिल्लालाई दुई नम्बर प्रदेश बनाएपछि तत्कालको लागि मधेश प्रदेश बनाएको बताए । बाँकी उत्पीडनमा रहेका मधेशी जनतालाई पनि मुक्ति दिलाउने उनले आश्वासन दिए ।

‘मुक्तिको भूमिको रुपमा आठ जिल्लालाको भूमिलाई मधेश प्रदेश बनाएका छौं । अन्य स्थानको मधेशी अझै उत्पीडनमा छन्’ अध्यक्ष यादवले भने ‘हाम्रो लक्ष्य मेचीदेखि नारायणी, नारायणीदेखि महाकालीसम्मका मधेशीलाई मुक्ति दिलाउनु हो । त्यागेका पनि छैनो, र त्याग्ने पनि छैनौं ।’
मधेश आन्दोलनबाट मधेश प्रदेश, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, नागरिक स्वतन्त्रता, सरकारी सेवामा ठाउँठाउँमा कर्मचारी बन्न पाएको उनको तर्क छ ।

‘सरकारी सेवा, नोकरी, निजामति सेवामा ठाउँ ठाउँमा मधेशीहरु देखिन थालिएका छन्’, अध्यक्ष यादवले भने ‘अब पहिला जस्तै कसैले हेपेर मधेशिया, मर्सिया, धोती भन्दैन । अब छाती तानेर भन्छौ हामी मधेशी हौं । मधेशी भने संसारका मानिसले बुझ्छन् यो नेपालको मधेशी हो भनेर । यो सबै मधेश आन्दोलनको उपलब्धि हो’

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब