चीन–किर्गिस्तान सीमामा शक्तिशाली भूकम्प

  • माघ ९, २०८० | ३३२ पटक पढिएको | सीमा संदेश
alt

सोमबार राति ११ बजेर ३९ मिनेटमा चीन–किर्गिस्तान सीमा क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल थियो। 

समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पमा धेरै भवनहरू भत्किएका छन् भने धेरै मानिस घाइते भएका छन् । भूकम्पपछि ४० वटा परकम्प पनि गइसकेका छन् । 

भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा महसुस भएको थियो। चीनको सिनजियाङ रेलवे विभागले २७ वटा रेल सञ्चालन रोक्नु परेको जनाएको छ ।

विभिन्न स्थानमा फसेका मानिसको उद्धार गर्न उद्धारकर्मीको टोली पठाइएको छ । चीनमा गएको भूकम्पको प्रभाव भारतमा पनि देखिएको छ । दिल्ली-एनसीआरमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। आतंकित मानिसहरु घरबाहिर निस्किएर खुला ठाउँमा पुगेका थिए ।

यसअघि जनवरी ११ मा अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा दिउँसो २ बजेर २० मिनेटमा शक्तिशाली भूकम्प गएको थियो । जसका कारण पाकिस्तानको इस्लामाबाद, रावलपिण्डी र जम्मु कश्मीर, जयपुरदेखि भारतको दिल्ली–एनसीआरसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको तीव्रता ६ दशमलव १ मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको केन्द्र हिन्दुकुशमा जमिनबाट करिब २२० किलोमिटर तल थियो। २०२३ नोभेम्बर ४ मा राति ११:३२ बजे नेपालमा आएको ६.४ म्याग्निच्युडको भूकम्पले १५७ जनाको ज्यान गयो ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब