हुथी विद्रोहीविरुद्ध अमेरिका र बेलायतको पुनः हवाई आक्रमण

  • माघ ९, २०८० | ३१९ पटक पढिएको | सीमा संदेश
alt

अमेरिका र बेलायतले यमनको हुथी विद्रोहीविरुद्ध पुनः हवाई आक्रमण गरेका छन्। पेन्टागनका अनुसार गएराति अमेरिकी र बेलायतकी सैनिकले यमनको हुथी विद्रोही लक्षित आक्रमण गरेका हुन्। 

आक्रमणबाट हुथी समूहको भूमिगत गोदाम, हतियार केन्द्र तथा निगरानी केन्द्रहरुसहित विभिन्न ८ ठाउँमा क्षति पुगेको उनीहरुको दाबी छ। लाल सागरमा अमेरिका तथा बेलायतका मालबाहक जहाजमा हुथी समूहले गरेको आक्रमणविरुद्ध यी दुई देशले यमनमै हुथी लक्षित आक्रमण गरेका हुन्। 

पेन्टागनबाट जारी भएको संयुक्त विज्ञप्तिमा अत्यावश्यक आक्रमणको नयाँ चरण सुरु गरिएको उल्लेख छ। आफूहरुको उद्देश्य लाल सागरमा तनाव कम गर्नु र मानिसको जीवन रक्षा गर्नु रहेको तर हुथी समूहले लगातार धम्की दिने तथा आक्रमण गर्ने गरेपछि जवाफी कारबाही गर्नुपरेको विज्ञप्तिमा जनाइएको छ। 

अमेरिका र बेलायतले यसअघि सात पटक हुथी समूहको निशानामा आक्रमण गरिसकेका छन्। ११ जनवरीमा सुरु भएको हुथीविरुद्धको कारबाहीमा अस्ट्रेलिया, बहराइन, क्यानडा तथा नेदरल्याण्ड्सको समर्थन रहेको पेन्टागनको दाबी छ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब