काठमाडौंमा पत्रकार महतोलाई ‘भैया’ भनेर दुव्र्यहार गर्ने बसका चालक र सह-चालक पक्राउ

  • माघ १३, २०८० | ३९७ पटक पढिएको | सीमा संदेश
alt

बाटोमा हिड्दै गर्दा रंगको आधारमा ‘भैया’ भनेर पत्रकार राजकरण महतोमाथि सम्प्रदायिक भेदभावजन्य दुव्र्यवहार र कुटपीटको प्रयास गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७ माघ, २०८० मा काठमाडौंको तीनकुनेमा भएको घटनाका आरोपी बसका चालक र सह—चालकलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ । आरोपीसंगै बसलाई पनि नियन्त्रणमा लिएर प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान अगाडि बढाइएको छ । मुद्दा दर्ता पछि आरोपीलाई सार्वजनिक गरिने प्रहरी श्रोतले जनाएको छ ।

बानेश्वर प्रहरीले शुक्रबार पीडित महतोलाई बोलाएर घटना बारे जानकारी लिएको छ । नेपाल पत्रकार महासंघ महोत्तरी जिल्ला शाखा तथा केन्द्रीय कार्यालय काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, विभिन्न संचार संस्था, पत्रकार तथा संचारकर्मी, अधिकारकर्मी लगायतको चौतर्फी दवाबपछि प्रहरीले घटनाको अनुसन्धान गर्न गम्भीर तथा बाध्य भएका थिए ।

अन्नपूर्ण पोस्ट्का बरिष्ठ समाचारदाता महतोलाई सडक किनारमा हिँडिरहेको अवस्थामा माघ ७ गते काठमाडौंको तीनकुनेमा एउटा बसका कर्मचारीहरूले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेका थिए । बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामको गाडीका कन्डक्टर र चालकले उनलाई ‘भैया’ भनेर अभद्र व्यवहार गर्नुका साथै अश्लील गालीगलौज गरेका थिए ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब