मधेश प्रदेशको विकासमा भारतको सहयोग बढ्दै : मुख्यमन्त्री यादव

  • माघ १५, २०८० | २७२ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुर तथा मधेश प्रदेशको विकासमा भारतको सहयोग बढ्दै जाने आशा व्यक्त गरेका छन् ।

भारतको ७६आंै गणतन्त्र दिवसका अवसरमा भारतीय महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले सो कुरा बताउँदै अयोध्यमा निर्माण भएको राममन्दिरले नेपाल भारतबीचको सम्बन्ध सिया–राममय भएको प्रसंग उल्लेख गरे ।

मुख्यमन्त्री यादवले अयोध्या जनकपुर कोरिडोरको विकाससंगै जनकपुरमा भारतीय पर्यटकको निश्चय नै वृद्धि हुने विश्वास व्यक्त गरे । कार्यक्रममा मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगुवाइको सरकारमा नेपाल भारतबीचको सम्बन्ध झन प्रगाढ भएको बताए । महावाणिज्य दूत देवी सहाय मीनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भारतका कलाकारहरुद्धारा विभिन्न मनमोहक नृत्य पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव, क्षेत्र नम्बर २का नेपाली कांग्रेसमा सांसद अजय चौरसिया, पूर्व मुख्यमन्त्री मोहम्मद लालबाबु राउत, प्रदेशका अर्थमन्त्री सञ्जय कुमार यादव, स्वास्थ्य मन्त्री वीरेन्द्र सिंह, खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहलगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, विभिन्न स्थानीय तहका प्रमुख, वरिष्ठ उद्योगी, व्यवसायी, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब