सिरहा । सिरहा चौहर्वा NH-20 सडक खण्डको सिरहा नगरपालिकाको बजार क्षेत्रमा सडक डिभिजन कार्यालय लाहानले निर्माण गरिरहेको नालाको कार्य मापदण्ड विपरित भईरहेको नगरवासिका आरोप रहेका छन ।
सागरमाथा सजिब पोलिष्टार जे.भि.ले सिरहा नगरपालिकामा नाला निर्माण कार्य गरिरहेका छन् । ९० सेन्टिमिटर गहिरो निर्माण कार्य हुनुपर्नेमा तल्लो देखी माथिलो तहसम्मको लेवल गहिराई नमिलेको र बजारको पानी निकाष सम्भव नहुने नगरवासिका भनाई रहेका छन् ।
ठेक्केदार कम्पनीले सिरहा प्रहरी कार्यालय देखि हेम नारायण चौक सम्मको लेवल कसरी नक्सांक्न गरेको छ । हाल निर्माण भईरहको नालाले यस क्षेत्रका पानी निकाष सम्भव नहुनु युवा नेता प्रोमद कुमार यादले बताए । नालाका लेवल नमिलाए शनिवार देखि निर्माण कार्य अवरोध गर्ने नगरवासिका भनाई छन् ।
९० सेन्टिमेटरको गहिराईलाई क्रमिक रुपमा माथिलो तहमा लग्नु पर्नेमा बिचको भाग सिरहा क्याम्पस चौकमै लेवललाई माथिल्लो तहमा राखेको र निर्माण कार्यमा प्रयोग भईरहेको सामाग्री पनि गुणस्तर हिन रहेको नगरवासिहरुका आरोप छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved