लेखापालले कामै नगरी श्रीमतिको नाममा निकाले ४९ लाख रुपैयाँ

  • माघ २१, २०८० | ४७२ पटक पढिएको | सीमा संदेश
alt

 मधेश प्रदेशको सप्तरी जिल्लास्थित रहेको एक स्थानीय तहका लेखापालले श्रीमतको नाममा रकम निकालेको खुलासा भएको छ । 

सप्तरीको बलान विहुल गाउँपालिकाका लेखाले सोही गाउँपालिकाको वडा नम्बर २ स्थित रहेका बलान खोलामा बाँध नै नबनाई भ्याट सहित रु. ४९ लाख ४९ हजार ९ सय ९९ रूपैयाँ भुक्तानी दिएको पाईएको हो । 

वडा नम्बर २ स्थित दिघिया दक्षिणबारी टोलमा रहेको बलान नदिमा बाँध निर्माण र स्पर कार्य गरेको लागि मधेश प्रदेश सरकारको सशर्त योजना अन्तर्गत आर्थिक वर्ष २०७८–०७९ मा रू. ५० लाख विनियोजन गरेको थियो ।

बलान विहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मो। नसिम राईनको मिलोमतोमा गाउँपालिकामा कार्यरत लेखापाल कमलेश कुमार साहले आफ्नो श्रीमती पुनिता कुमारी साहको नाममा रहेका ९ओइसी० निर्माण कम्पनीका नाममा भुक्तानी लिएको छ ।

सो रकमबाट ठेक्का प्रकियामा वडा नं( २ स्थित दिघिया दक्षिणबारी टोलमा रहेको बलान नदिमा बाँध निर्माण र स्पर कार्य गरेको देखाईए तापनि कामै नगरी भुक्तानी दिएको स्थानीयहरूको दाबी रहेको छ ।

बलान बिहुल वडा नम्बर २ का वडा अध्यक्ष ईन्द्रदेव यादवले भने २०७९–२–३० गतेमा भएको रू। ५० लाख भुक्तानी प्रकरणमा म आफ्नो वडा कार्यालयबाट कुनै सिफारिस दिएको छैन , अरु यस बिषयमा सम्पूर्ण जानकारी गाउँपालिकालाई नै थाहा होला उनले बताए ।

बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले यस बिषयमा आफुलाई केहि थाहा नभएको बताए । उनले यो बिषयमा अनुगमन समितिलाई थाहा होला भनेर पन्छिए ।
अनुगमन समितिका सदस्य सन्तोष साहले आफुहरु भर्खर निर्वाचित भएको बेला प्राबिधिकले पुरानो भुक्तानीको लागि दिएको फाइल स्वीकृत गरेको स्वीकारे ।

बलान बिहुल गाउँपालिका लेखापाल कमलेश कुमार साहले मेरो श्रीमतीको नाममा फर्म दर्ता रहेको र ठेक्का प्रक्रियाबाट भुक्तानी भएको स्वीकारे ।

नेपाली कांग्रेस ४९ख० का क्षेत्रीय सभापति जितेन्द्र यादवकाले अरूले गरेको कार्य देखाई भुक्तानी लिने दिने दुबैलाई माथि छानबिन हुनुपर्ने बताए ।

तत्कालीन गाउँपालिका अध्यक्ष दयानन्द गोईतले स्थानीय स्तरमा रु. ५० लाखको प्रकरणको व्यापक चर्चा रहेको छ । यदि नियतसव कामै नगरी भुक्तानी दिएको छ , भने सम्बन्धित निकायले छानबिन गरि दोषी माथी कार्वाही हुनुपर्ने उनले बताए ।

गौश्वरा भौचर नम्बर ११–२०७९–२–३० गते बलान खोला बान्ध निर्माण गर्न कार्यको ठेक्का फाइल पेस नभएको सार्वजनिक खरिद नियमावली २०६४ को नियम ४५ मा बोलपत्र सम्बन्धि कागजातहरू समावेश गरि फाईल तैयार गर्नु पर्ने व्यवस्था छ । साथै ऐनको दफा २३ मा समेत बोलपत्र सम्बन्धि कागजातमा समाबेश हुनुपर्ने बिबरण उल्लेख छ । पालिकाले बलान खोला बाँध निर्माण कार्यको भुक्तानीमा सोको प्रमाण पेश नगरेकोले प्रमाण पेश हुनुपर्ने महालेखा प्रतिवेदन २०७९ मा उल्लेख छ ।

गाउँपालिका श्रोतका अनुसार मिति २०८०–९–२ गतेमा अख्तियार दुरुपयोग आयोग इटहरीका टोली स्थलगत अनुगमनमा आउदाँ अख्तियार टोलीलाई पनि झुक्याएर सोही ठाउँमा अर्को योजनाबाट भएको कार्य देखाई झुक्याउन सफल छ ।

आ.व.०७७–०७८ र ०७८–०७९ गरि दुई आर्थिक वर्षमा बलान बिहुल गाउँपालिका वडा नम्बर २ स्थित दिघीयामा ३ करोड ७७ लाख १८ हजार खर्चिएको देखिएका छन् ।

बलानको बान्ध विषयमा अख्तियारले छानबिन गर्न थालेपछि अर्को निर्माण कम्पनीले गरेको काम देखाए स्थलगत अनुगमन प्रतिवेदन उठाएको गाउँपालिका एक प्राविधिकले बताए ।

यस सन्दर्भमा लेखापाल साहसँग प्रतिक्रिया लिन खोज्दा उनको मोबाईल नम्बर ९८१८५०२८५७ स्वीच अफ गरिएको पाईएको हो ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब