पाकिस्तानमा आज आम निर्वाचन, ९० हजार मतदान केन्द्रबाट १२ करोड ८० लाखले मतदान गर्दै

  • माघ २५, २०८० | २१८ पटक पढिएको | सीमा संदेश
alt

इस्लामाबाद : पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ। आज हुन लागेको निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। चुनावमा १२.८५ करोड भन्दा बढी दर्ता मतदाताहरूले मतदान गर्नेछन्।

 मतदाताको सुरक्षा सुनिश्चित गर्न करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको पाकिस्तानी सञ्चार माध्यमले  जनाएका छन्।  प्रहरी, नागरिक सशस्त्र बल र सशस्त्र बलका कर्मचारीले मतदान गर्न पाउँछन्। मतदान  बिहान ८ बजेबाट साँझ ५ बजेसम्म चल्नेछ।  २४ करोड १० लाख जनसंख्या रहेको पाकिस्तानमा १२ करोड ८० लाख मतदाता छन्।

३३६ सदस्यीय तल्लो सदन नेसनल एसेम्बलीमा २६६ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ। त्यसका लागि ४ हजार ८०७ पुरुष, ३१२ महिला र दुई तेस्रोलिङ्गी गरी ५ हजार १२१ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

चार प्रदेश सभाका लागि १२ हजार १२३ पुरुष, ५७० महिला र दुई तेस्रोलिङ्गी गरी १२ हजार ६ सय ९५ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

देशका चारवटै प्रान्तमा गरी ९० हजार ६७५ मतदान केन्द्रको स्थापना गरिएको छ।, जसमा पुरुषका लागि २५ हजार ३२०, महिलाका लागि २३ हजार ९५२ र अन्य ४१ हजार ४०३ मिश्रित मतदान केन्द्र रहेका छन्।

निर्वाचन आयोगका अनुसार ४४ हजार मतदान केन्द्र सामान्य छन् भने २९ हजार ९ सय ८५ संवेदनशील र १६ हजार ७६६ अति संवेदनशील भनेर छुटाइएको छ। 

आतङ्ककारी समूहको आक्रमणको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। आम निर्वाचनको पूर्वसन्ध्यामा बुधबार भएको श्रृंखलावद्ध हमलामा २८ जनाको को मृत्यु भएको छ। ४० भन्दा बढी घाइते भएको जिओ न्यूजले जनाएका छ।

त्यसको  दुई दिनअघि उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एउटा प्रहरी चौकीमा भएको आतंककारी आक्रमणमा कम्तिमा १० प्रहरी जवान मारिएका थिए। 

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब