पाकिस्तानको संसदीय चुनावमा इमरान खान समर्थित उम्मेदवारको अग्रता

  • माघ २६, २०८० | ३०८ पटक पढिएको | सीमा संदेश
alt

पाकिस्तानमा हिजो भएको आमचुनावमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक–ए–इन्साफ (पीटीआई) समर्थित उम्मेदवारले अग्रता लिएका छन् ।

पीटीआईमाथि प्रतिबन्ध लागेपछि नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पाकिस्तानको निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक सय ४६ सिटको नतिजा घोषणा भएकोमा पीटीआई समर्थित उम्मदेवारले ६० सिटमा जितेका छन् । यस्तै पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) ले ४३ र बिलवाल भुट्टो तथा आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपल्स पार्टी (पीपीपीले) ले ४२ सिटमा जितेका छन् । यसैगरी अन्यले छ सिट जितेका निर्वाचन आयोगले जनाएको छ ।

पाकिस्तानको संसदमा तीन सय ३६ सिट रहेकोमा अहिले दुई सय ६५ सिटमा चुनाव भएको हो । ७० सिट समानुपातिक प्रणलीमा विजयी हुन्छन् । सरकार बनाउनका लागि कम्तीमा एक सय ३३ सिट जित्नुपर्छ ।

राज्यका सूचना बेचेको, उपहार बेचेको, असंवैधानिक विवाह गरेको लगायतका मुद्दामा ३४ वर्ष जेल सजाय तोकिएका पूर्वप्रधानमन्त्री खान अहिले जेलमा हुनुहुन्छ । पीटीआई समर्थित अन्य कतिपय नेताहरूले पनि जेलबाटै चुनावमा प्रतिस्पर्धा गरेका छन् ।

चुनावी मैदानमा आएका नयाँ अनुहार र खानले जेलभित्रबाटै सञ्चालन गरेको चुनावी अभियान प्रभावकारी देखिएकाे पाकिस्तानी राजनीतिक विश्लेषकहरूले बताएका बीबीसीले जनाएको छ । पीटीआईले आफ्नो सामाजिक सञ्जाल 'एक्स' मा आफूहरू बहुमत पाउने बाटोमा रहेको दाबी गरेको छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब