सिरहा, २७ माघ । सिरहा नगरपालिका भित्र अध्ययन गरी रहेका विद्यार्थीहरुबाट कुनै पनि शुल्क नउठाउन प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले निर्देशन गरेका छन् ।
२०८० सालको आधारभुत तह (कक्षा ८) उतीर्ण परीक्षा स्थानीय तहबाट सञ्चालन भईरहेको व्यहोरा जानकारी गराउँदै उक्त परीक्षामा आवेदन फारम, प्रश्नपत्र, उत्तरपुस्तिका र र्मकसिट लगायत परीक्षासँग सम्बन्धित अन्य कागजातहरु समेत पालिकाबाट उपलब्ध गराइने हुँदा कुनै शुल्क नउठाउन /नदिन बिद्यालयहरुलाई निर्देशन गरेको हो ।
आउँदै गरको सरस्वती पूजाका लागि विद्यार्थीहरुलाई विद्यालयबाटै शुल्क तोकी जबजस्ति शुल्क लिईए प्रमाण सहित विद्यार्थी तथा अभिभावकले नगरपालिकामा जानकारी गराउँन पनि सबैसँग अनुरोध गरेका छन् ।
नगरपालिका जारी गरको निर्देशन पालन नभए कानून बमोजिमको करवाही हुने यादबले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved