ट्रायलमा आफ्नै सवारी साधन

  • माघ २८, २०८० | ३०३ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारले सवारी साधनको लाइसेन्सका लागि हुने ट्रायलमा परीक्षार्थीले आफ्नै सवारी साधन चलाउन सक्ने निर्णय गरेको छ । यस अघि ट्रायल परीक्षा हुने स्थलमा सम्बन्धित ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था थियो ।

ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्दा परीक्षार्थीले त्यसवापत अतिरिक्त रकम दिनुपर्दथ्यो । ट्रायल सेन्टरको सवारी साधन ट्रायलकै बखत चलाउँदा जानकारी भए पनि अप्ठ्यारो हुने गरेको गुनासा आउन थालेपछि मधेश प्रदेश सरकारले सम्बन्धित परीक्षार्थीले आफ्नै सवारी साधन लिएर ट्रायल दिने निर्णय गरेको छ ।

जनमत पार्टी सरकारबाट बाहिरिएपछि श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री सरोज कुमार यादवको मातहतमा रहेको छ । मुख्यमन्त्री यादवले ट्रायलका लागि एकप्रकारको सवारी साधन सेन्डिकेटलाई भत्काएका छन् । परीक्षार्थीले आफ्नै सवारी साधनले ट्रायल परीक्षा दिने भएपछि सहज र सस्तो भएको छ ।

सवारी साधनको अनुमति पत्र बनाउन मोटो रकमको लेनदेन हुने गरेको आरोप लामो समयदेखि लाग्दै आएको छ । केही समय पूर्व रौतहट जिल्लाको यातायात व्यवस्था कार्यालयमा राति परेपछि लिखित र मौखिक परीक्षा लिने गरिन्थ्यो । अध्यारोमा परीक्षा लिँदा भारी अनियमितता हुने गरेको थियो । मधेश प्रदेशको आठवटै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना भएको छ । यसले लाइसेन्स बनाउन सर्वसधारणलाई सहज भए पनि आर्थिक लेनदेन अत्यधिक बढेको बताइन्छ ।

यातायात कार्यालय स्थापना भएको नयाँ स्थानहरुमा कार्यालय प्रमुख बन्न विगतमा मन्त्रीहरुलाई मोटो रकम बुझाउनु पर्ने अवस्था थियो । रकमको लेनदेन गरी सवारी चलाउनै नजान्ने व्यक्तिहरुलाई समेत लाइसेन्स बेच्ने क्रम जारी रहेको बेला मुख्यमन्त्री यादवले ट्रायललाई सहज बनाएर सवारी हाँक्न सक्नेलाई मात्र लाइसेन्स दिने प्रकृयालाई व्यवस्थित गर्न थालेका छन् ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब