कार्यालय सहयोगीमा इन्जिनियर र स्टाफ नर्सको आवेदन !

  • फागुन २, २०८० | २९८ पटक पढिएको | सीमा संदेश
alt

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाले ६ जना कार्यालय सहयोगीको माग भए पनि आवेदन भने १३२ जनाको परेको छ । जसमा ओभरसियर, स्टाफ नर्स, स्नातक पास गरेका, सब इन्जिनियर, कृषि भेटेरिनरीले पनि आवेदन दिएको पालिकाले जनाएको छ । 

गाउँपालिकाले गत पुस २६ गते एक सूचना प्रकाशित गरी कार्यालय सहयोगी पदमा आवेदन पेस गर्न आव्हान गरेको थियो । उक्त आवेदन अनुसार १३० जनाको आवेदन रितपूर्वक भएको र २ जनाको बदर भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद फुयाँलले जानकारी दिए । 

पालिकाले गाउँपालिका अन्तर्गतको २ वटा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र ४ वटाको लागि ६ जना कार्यालय सहयोगीका लागि आवेदन दिन आव्हान गरेको थियो । जसको योग्यता एसएलसी वा एसइई वा सो सरह हुनुपर्ने उल्लेख छ । यस्तै स्थानीय, तोकिएको योग्यता भन्दा माथिल्लो शैक्षिक योग्यता भएको, कम्प्युटरको ज्ञान भएको र ड्राइभिङ लाइसेन्स भएकोलाई प्राथमिकता दिने पालिकाले जनाएको थियो । 
 
फुयलले शैक्षिक योग्यता र प्राथमिकतामा केही कडाइ गरेको कारण कम आवेदन परेको बताए । ‘हामीले मापदण्डमा अलिक टाइट गरेका थियौँ नभए आवेदकको सङ्ख्या २ सय नाघ्न सक्थ्यो,’ फुयाँलले भने । उनले अझै पनि धेरैको आवेदन परेको कारण छनौट गर्न समस्या देखिएको बताए। 
 
‘कार्यालय सहयोगीको लागि कडा मापदण्ड बनाउने कुरा पनि भएन । तर, छनौट समितिले योग्य मान्छे कसरी नियुक्ति गर्ने भन्ने विषय टुङ्गो लगाउँछ । विषय भने सहज छैन,’ उनले भने, ‘सङ्ख्या बढी भएकोले कसलाई छान्ने । गाह्रो छ ।’ उनले परीक्षा लिखित गर्ने कि के गर्ने भन्ने विषयमा निर्णय गरिनसकेको पनि जनाए । 
 
‘प्रतिस्पर्धा धेरै छ । नर्स, ब्याचलर गरेका मान्छे छन् । सब इन्जिनियर, कृषि भेटेरिनरी पढेका मानिसहरूले पनि आवेदन दिएका छन्,’ उनले भने, ‘सायद लिखित नै गर्नुपर्छ होला । नत्र मान्छे छान्न गाह्रो छ । के गर्ने भन्ने विषयको टुङ्गो लागेको छैन ।’ फुयाँलका अनुसार १ वर्षे अवधिको लागि माग गरिएको कार्यालय सहयोगीको मासिक तलब सुविधा २४ हजार हाराहारीको छ ।
 
कार्यालय सहयोगी भने पनि कार्यालय सहयोगीको मात्रै काम गर्नुपर्ने अवस्था नरहेको उनले बताए । सरकारले कम्प्युटर अपरेटर पद खारेज गरेपछि त्यो पदमा काम गर्नेहरू आव्हान गर्दा पनि कार्यालय सहयोगीकै माग गर्नुपरेको पालिकाहरूले बताउने गरेका छन् । 

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब