कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

  • फागुन ३, २०८० | ४२६ पटक पढिएको | सीमा संदेश
alt

पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा मध्यरातमा भएको बस दुर्घटनामा  १० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले दिएको जानकारी अनुसार  बुधबार राति  १ बजे  भएको बस दुर्घटनामा मृतकको संख्या १०  पुगेको छ ।

महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त  बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो। प्रहरीकाअनुसार ३२ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर छ । सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले संचालन गरेको सु–प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो।

चन्द्रौटादेखि उत्तर १६ किलोमिटर मोडमा यात्रुबाहक बस दुर्घटना भएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए ।  घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर  छ । घाइतेको उद्धारका लागि नेपाल र सशस्त्र प्रहरीको टोली राति नै घटनास्थल पुगेका थिए । घाइतेहरुलाई उद्धार गरी चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रमा लगिएको छ ।

३३ जनाकाे उद्धार गरिएकाेमध्ये नौ जनालाई थप उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा पठाइएको प्रहरी उपरिक्षक पौडेलले बताए । मृतक र घाइतेको अझै सनाखत भएकाे छैन ।  बसमा तीन जना स्टाफ र ३७ जना यात्रु  गरी ४० जना सवार थिए ।

कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकि ...

सहिद हेमनारायण गोल्डकप : काठमाण्डौँ फाइनलमा प्रवेश

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको &lsq ...

जेठ १३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ १३ गते । बुधबार । इ ...

सहिद हेमनारायण गोल्डकप : सलहेश युवा क्लव सिरहा सेम

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको &lsq ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब