सिरहा, ०३ फाल्गुन । नगरवासिका हितलाई ख्याल नै नगरी नगरपालिकाकाको निर्देशन पालन नगर्ने बिद्यालय माथि करवाहिको तयारी भईरहेको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताए ।
डिजे साउण्डको ध्वनिले हटअट्यक जस्ता विभिन्न रोग लग्छन् । तर नगरपालिकाले विभिन्न विकृती र रोगबाट मुक्तिका लागि गरिएका निर्देशन पालन नगर्नु नगरवासी प्रतिको उत्तरदायित्व र जिम्मेवारी प्रति गैर जिम्मेवार हुनु हो ।
नगरपालिकाले दिईएका निर्देशन पालन नगरी डिजे साउण्ड, अश्लिल गित बजाउने र पोसाक नलगाई सरस्वती पूजा गर्ने विद्यालयहरुलाई करवाही हुने प्रमुख प्रशासकीय अधिकृत यादबले बताए ।
कस्तो करवाही हुने भने प्रश्नमा यादबले भने, निर्देशन पालन नगर्ने विद्यालयको लिस्ट तयार भईरहेका छन । अब स्थानीय सरकारको नियमाअनुसार विभिन्न सुविधा देखि जरिवाना सम्मको करवाही गछौ ।
नगरवासिले पनि डिजे साउण्ड नबजाई विभिन्न कार्यक्रम गर्न हुन अनुरोध छ । नगरवासिहरुकै सुरक्षाका लागि प्रतिबन्द लगाएका छन । त्यसैले सबै मिलेर यस विकृती र समस्यालाई सामाधान गरौँ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved