शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण

  • चैत १६, २०८० | ३९० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री सुमना श्रेष्ठले मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण सोधेकी छन् । चैत्र १४ गते मन्त्रालयभित्रका सम्पूर्ण महाशाखा तथा शाखाहरूमा गरिएको छड्के अनुगमनका क्रममा २० जना कर्मचारीहरू हाजिर गरी मन्त्रालयबाट बाहिरिएको तथ्य खुलेको थियो ।

कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई स्पष्टीकरण सोधिएको मन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूलाई सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआए कानुन बमोजिम कारबाही हुने सचिवालयले जनाएको छ ।

यस्ता किसिमका अनुगमन तथा छड्के मन्त्रालय अन्तर्गतका विभाग तथा कार्यालयहरूमा समेत निरन्तर रूपमा हुने र कार्यालय समयमा बिना जानकारी अनुपस्थित हुने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारी उपर कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ । 

कार्यसम्पादनको आधारमा कर्मचारीहरूको मूल्याङ्कन गरी सोहीबमोजिम प्रोत्साहन गरिने मन्त्रालयले जनाएको छ ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब