सिरहामा प्रश्नपत्र आउट गर्ने तीन जना पक्राउ

  • चैत २१, २०८० | ४५४ पटक पढिएको | सीमा संदेश
alt

सिरहाकाे विभिन्न परीक्षा केन्द्रहरुबाट प्रश्न पत्रको गोपनीयता भंग गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं.३ बरियारपट्टीमा रहेको श्री ज.मा.बि. बरियारपट्टीमा कार्यरत रहेका शिक्षक लालबाबु यादवले सोही बिधालयमा S.E.E. परिक्षामा गार्डको रुपमा खटि परिक्षा संचालन भईरहेको अबस्थामा आफ्नै मोबाईलबाट प्रश्‍नपत्रको गोपनियता भंग गरीरहेको अवस्थामा सुरक्षार्थ खटीएको प्रहरी टोलीले उनलाई मोवाईल सहित नियन्त्रणमा लिएको थियो ।

त्यस्तै बरियारपट्टी गाउँपालिका वडा नं. ५ मा रहेको श्री जनता मा.बि.झिझौल कजरामा S.E.E. परीक्षा संचालन भैरहेको अवस्थामा सन्तोष कुमार राम र रमेश कुमार यादवले परीक्षा केन्द्र बाहिर मोवाईलबाट प्रश्‍नपत्रको गोपनियता भंग गरिरहेको अवस्थामा सुरक्षार्थ खटिएको प्रहरी टोलिले दुबै जनालाई मोवाईल सहित नियन्त्रणमा लिएको थियो ।

पक्राऊ गरिएका सबैलाई जनालाई आवस्यक कानुनी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

कमलामा देवी मेलामा धामीझाँक्री र श्रद्धालुको घुइँच

मिथिलाको पौराणिक, धार्मिक तथा सांस्कृतिक परम्परासँग जोड ...

विश्वभर हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या,

विश्वभर गत वर्ष प्रत्येक घण्टा औसत पाँच महिला तथा बालिक ...

मंसिर ९ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ९ गते । बुधबार । ...

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब