एक हप्तासम्म देशका केही ठाउँमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

  • चैत २३, २०८० | ५१५ पटक पढिएको | सीमा संदेश
alt

आजदेखि आउँदो एक हप्तासम्म देशका बिभिन्न ठाउँमा हावाहुरी, चट्याङ  र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले गरेको साप्ताहिक मौसम पूर्वानुमान अनुसार शुरुमा पश्चिमी वायू तथा हप्ताभर नै स्थानीय वायूको प्रभाव रहने सम्भावना छ ।

यो हप्ताको शुरुमा गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षा तथा बाँकी पहाडी भेगका  एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ । हप्ताको मध्य र अन्त्यमा देशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भेगका थोरै ठाउँहरुमा साताभर नै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार देशका धेरै ठाउँहरुमा उच्चतम तापक्रम र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ । पूर्वी तराईको तुलनामा मध्य र पश्चिम तराईमा उच्चतम तापक्रम अलि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम, कोशी र बाग्मती प्रदेश लगायत पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

महाशाखाकाअनुसार  कोशी, गण्डकी र कर्णाली प्रदेशसहित उच्च पहाडी र हिमाली भेगका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहको छ । हिजो गण्डकी प्रदेशका कास्की, गोरखा, मनाङ लगायतका एक, दुई ठाउँमा मध्यम वर्षा भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

केही दिनदेखि देशका सबै ठाउँमा गर्मी बढेको छ । तराईमा तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ । भैरहवा, धनगढी, नेपालगञ्ज र जनकपुरको तापक्रम  ३८ डिग्री सेल्सियसभन्दा बढी पुगेको छ । 

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब