उपचुनाव : इलाम–२ मा २० जनाको उम्मेदवारी

  • चैत २५, २०८० | ५९४ पटक पढिएको | सीमा संदेश
alt

 प्रतिनिधि सभाअन्तर्गत इलाम–२ मा हुन गइरहेको उपचुनावका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार आज उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउनेमा १२ जना राजनीतिक दलको तर्फबाट र आठ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालय इलामकाअनुसार नेकपा एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, नेकपा एकीकृत समाजबादीबाट जितबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू, डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा माओबादी केन्द्रले एमालेका उम्मेदवारलाई समर्थन गरेको छ ।

त्यस्तै राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध भोलि बिहान १० बजेदेखि ३ बजेसम्म विरुद्ध उजुरी दिने कार्यसूची छ । भोलि नै दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ ।

चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ । इलाम–२ मा ७९ मतदान स्थल तथा १४९ मतदान केन्द्र तोकिएका छन् । इलाम २ बाट निर्वाचित एमाले नेता सुवाचन्द्र नेम्वाङको निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।  

तीन खुट्टा भएको बालिका जन्मियो

रौतहटको राजपुरमा तीनवटा खुट्टा भएको नवजात बालिकाको जन्म ...

मधेशको सत्ता राजनीतिमा नयाँ मोडको संकेत

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्र ...

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्य

सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्य ...

कार्तिक १७ गते मंगलबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १७ गते । मंगलबा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब