कक्षा १२ को परीक्षा केन्द्रमा मोबाइल लैजाने निषेध

  • वैशाख १८, २०८१ | ३५४ पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्रहरूमा मोबाइल फोन लैजान प्रतिबन्ध लगाएको छ । कक्षा १२ को परीक्षा केन्द्रहरूमा मोबाइलको अनधिकृत प्रयोग भएको पाइएको भन्दै बोर्डले प्रतिबन्ध लगाएको हो ।

कक्षा १२ को वार्षिक परीक्षालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न परीक्षा हलमा केन्द्राध्यक्ष बाहेक अन्य कसैलाई पनि मोबाइल लैजान पूर्णतः निषेध गरिएको थियो । तर, केही परीक्षा केन्द्रहरूमा मोबाइलको अनधिकृत प्रयोग भएको पाइएको भन्दै बोर्डले परीक्षा केन्द्रमा पूर्णतः निषेध गरिएको जनाएको छ ।

केही परीक्षा केन्द्रमा मोबाइलको प्रयोग गरी चिट चोराउने गरेको पाइएपछि त्यस्ता मोबाइल जफत गरी कारबाही समेत गर्दै आएको बोर्डले जनाएको छ ।

विभिन्न तहबाट हुने अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत कसैले मोबाइल साथमा राखेको वा प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही हुने बोर्डले जनाएको छ । केन्द्राध्यक्षहरूले सोही अनुसार गर्न/गराउन समेत बोर्डले निर्देशन दिएको छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब