अग्नि पीडितलाई आवास निर्माण गर्ने मधेश सरकारको घोषणा

  • वैशाख २२, २०८१ | ४६२ पटक पढिएको | सीमा संदेश
alt

आगलागी घटनाका पीडितहरुलाई मधेश प्रदेश सरकारले आवास निर्माण संगै दश हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । मधेश प्रदेश सरकारले विभिन्न जिल्लामा भएको आगलागी घटनामा परेर पीडित भएकाहरुकालागि सो निर्णय गरेको छ ।

गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा शुक्रबार भएको प्रदेश विपद् व्यवस्थापन समितिको बसेको बैठकले प्रति परिवार १० हजार वितरण गर्ने निर्णय गरेको छ । सो बैठकले सर्लाही, सप्तरी र महोत्तरी जिल्लामा भएको आगलागीका कारणले ठूलो मात्रामा धनमालको क्षति भएको छ ।

तीन जिल्लाका सयौ भन्दा बढी घर तथा घरमा भएको धनमाल जलेर नष्ट भएपछि आगलागीका पीडितहरुलाई निकै समस्याबाट गुज्रिनु परिरहेको छ । आगलागीमा परेर घरबार गुमाएकाहरूलाई दिर्घकालीन व्यवस्थापनका लागि प्रदेश सरकारले आवासको निर्माण गर्ने विषयमा पनि प्रदेश विपद् व्यवस्थापन समिति छलफल भएको जनाइएको छ ।

प्रदेश सरकारले घोषणा गरेको रकम गृह, सञ्चार तथा कानुन मन्त्रालयले नै वितरण गर्ने गृहमन्त्री लेखीले बताए । उनले आगलागीमा परेर पीडित भएकाहरूलाई कानुनी प्रक्रिया तथा कर्मचारी तन्त्रका कारणले राहत पाउनमा ढिलाइ भएकोमा दुःख व्यक्त गर्दै यथाशीघ्र प्रक्रियाद्वारा पीडितको आवास निर्माणसमेत गरिने बताए । गर्मीयाम सुरु भएसँगै आगलागीका घटना बढ्न थालेको छ । पछिल्लो समय हरेक जिल्लामा आगलागीका घटना बढेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरीले सङ्कलन गरेको विवरणमा हरेक जिल्लामा आगलागीका घटना भएका छन् । मधेशको सिरहा जिल्लामा सबैभन्दा बढी आगलागीको घटना भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । आगलागीका घटना कम भएको जिल्ला सर्लाही रहेको छ । सिरहामा २१६ वटा र सर्लाहीमा १०६ आगलागीका घटना भएको छ । यसैगरी सप्तरीमा १७२, धनुषामा १४५, महोत्तरीमा १३०, रौतहटमा १८३, बारामा १२१ र पर्सामा १२८ वटा आगलागीको घटना भएको प्रदेश प्रहरीको तथ्याङ्क छ ।

आगलागीका कारण प्रदेशमा १० महिनाभित्र करिब आधा अर्ब बराबरको धनमाल जलेर खरानी भएको तथ्याङ्क छ । ८ वटै जिल्लामा करिव ४६ अर्व भन्दा बढी रुपैयाँ बराबरको धनमाल जलेर खरानी भएको छ । प्रहरीका अनुसार सप्तरीमा ५ करोड ४१ लाख, सिरहामा ८ करोड २० लाख, धनुषामा ८ करोड ४९ लाख, महोत्तरीमा ४ करोड १४ लाख, सर्लाहीमा ४ करोड ४१ लाख रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । यसैगरी रौतहटमा ४ करोड ९८ लाख, बारामा ४ करोड १७ लाख र पर्सामा ५ करोड ७२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी विवरण छ । प्रदेशका अधिकांश जिल्लामा आगलागीको घटना भएको छ ।

दिनहुँजसो कहीँ न कहीँ आगलागीका घटना भइरहेका छन् । एक्कासी गर्मी बढेसँगै आगलागीका घटना बढ्न थालेको प्रहरीको भनाइ छ । मुख्यतः २ कारणले आगलागीका घटना भइरहेका छन् । प्राविधिक गडबडी र मानवीय लापरबाहीका कारण आगलागीका घटना भइरहेको छ ।

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

पेट्रोल, डिजेल र मट्टीतेल लिटरको २००

नेपाल आयल निगम लिमिटेडले आइतबार रातिबाट लागू हुने गरी प ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब