सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

  • जेठ १, २०८१ | २०१ पटक पढिएको | सीमा संदेश
alt

सरकारले आज आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम रहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ । सभामा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई बुझाए पछि राष्ट्रपतिले सदनको संयुक्त बैठकमा वाचन गर्नेछन् ।

राष्ट्रपतिले वाचन गरेपछि अर्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने कार्यसूची रहेको छ ।

यता, प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरु संसद अवरुद्ध गर्ने अडानबाट पछि नहटेका कारण नीति तथा कार्यक्रम पेस हुने विषय अन्योलमै छ ।

कांग्रेससहितका विपक्षी दलले सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएका छन् ।

सहज रुपमा नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री दाहालले सरकारमा सहभागी दल तथा प्रतिपक्ष दल कांग्रेसलगायतसँग छलफल गरे पनि सहमति भने हुन सकेको छैन ।

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीको गस्ती टोलीले गएराती रौतहटमा पेस्तोल र ...

मन्त्री र मेयरबीचको द्वन्द्वले शैक्षिक क्षेत्र अन्

संघीय मामिला तथा प्रशासन मन्त्री राजकुमार गुप्ता र बहुद ...

माघ ७ गते सोमबार, यस्ताे छ तपाईंकाे राशिफल

आज विक्रम संवत २०८१ साल माघ ७ गते, सोमबार । ईश्वी सन् २ ...

मधेश अन्दोलनको एजेण्डा जीवित रहनु ठूलो नै उपलब्धि

प्रत्येक वर्षको माघ ५ गते मधेश आन्दोलन भएको दिनको रुपमा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब