मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

  • जेठ ७, २०८१ | ३०० पटक पढिएको | सीमा संदेश
alt

आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । सो प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेश लगायत पहाडी भूभागमा बादल लागेको छ ।

काठमाडौं उपत्यकासहित कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा वर्षा पनि भइरहेको छ ।

झापा र काठमाडौंको उत्तरी क्षेत्रमा भारी वर्षा

मौसमविद डा. विनोद पोखरेलेका अनुसार पूर्वी नेपालको झापामा भारी तथा काठमाडौंका उत्तरी क्षेत्र सुन्दरीजल र बुढानीलकण्ठमा भारी वर्षा भइरहेको छ । आज दिउँसो काठमाडौं थप वर्षा हुने छ । पोखरामा पनि भारी वर्षाको सम्भावना छ ।

आज दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

आज राति कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार एक–दुई स्थान भन्नाले १० प्रतिशतभन्दा कम क्षेत्र बुझिन्छ ।

थोरै स्थानले १० भन्दा धेरै र ३० प्रतिशतभन्दा कम क्षेत्र तथा केही स्थान भन्नाले ३० भन्दा बढी र ५० प्रतिशतभन्दा कम क्षेत्र बुझिन्छ ।

यसैगरी धेरै स्थान भन्नाले ५० देखि ८० प्रतिशतसम्म र अधिकांश स्थान भन्नाले ८० प्रतिशतभन्दा धेरै स्थान ओगटिने क्षेत्र बुझिन्छ ।

‘ठूला माछा’माथि अख्तियारको प्रहार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरि ...

५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित पक् ...

जेठ २ गते शुक्रबार, यस्ताे छ तपाईँकाे राशिफल

आज विक्रम संवत २०८२ साल जेष्ठ २ गते, शुक्रबार । ईश्वी स ...

सीमावर्ती क्षेत्रमा अपरिचित समूहको संदिग्ध सक्रियत

हिन्दुस्तान– पाकिस्तानबीचको तनाव युद्धविराम भएलगत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब