संसदीय छानबिन समिति गठन अनिश्चित, दलहरु आआफ्नै अडानमा

  • जेठ ७, २०८१ | ३७२ पटक पढिएको | सीमा संदेश
alt

सत्तापक्ष र प्रतिपक्ष दलहरुका आआफ्नै अडानका कारण सहकारीको बचत अपचलन प्रकरणमा गठन हुने भनिएको संसदीय छानबिन समिति अनिश्चित भएको छ । समितिको क्षेत्राधिकारबारे दलहरुबीच विवाद कायमै छ । समितिको क्षेत्राधिकारमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र तीन वटा सहकारीको नाम राख्ने या नराख्नेबारे सहमति हुन सकेको छैन ।

कांग्रेसले गृहमन्त्री लामिछाने सहकारीको बचत अपचलनमा संलग्न भएकोले उहाँ र बचत अपचलन गर्ने निजी कम्पनीमाथि समेत छानबिन हुने गरी क्षेत्राधिकार तोकिनुपर्ने अडान राखेको छ । तर छानबिनअघि नै दोषी करार हुने गरी व्यक्ति र कम्पनीको नाम राख्न नहुने सत्तारूढ दलहरुको अडान छ ।

अस्ति शनिवार सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी कांग्रेसबीच सहकारीको बचत अपचलनको छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । समितिको क्षेत्राधिकार टुंग्याउने जिम्मा कार्यदललाई दिइएको छ । कार्यदलमा हिजो दिनभर छलफल भए पनि सहमति जुट्न नसकेको हो ।

हिजो संसदमा उपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको सम्बोधन र लगत्तै कांग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलनमार्फत दिएको जवाफपछि दलहरुबीचको विवाद झन् बढेको छ । 

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब