मध्य रात सम्म व्यापारीहरु भन्सारमा

  • जेठ १०, २०८१ | ४४८ पटक पढिएको | सीमा संदेश
alt

भन्सार तिरेको मालसामान प्रहरीले नियन्त्रणमा लिएको भन्दै जनकपुरधामका व्यापारीहरु मध्य रात सम्म भन्सार कर्यालय घेरेका छन् ।

स्थानीय कपडा व्यवसायी अनिकेत अग्रवालले भारतबाट राजस्व काटिएको सामान ल्याएको तर सशस्त्र प्रहरीले बलजवर्जस्ती पथलैया पठाउने अडान लिएपछि व्यापारीहरु मध्यरात सम्म भन्सार कार्यालय घेरेको जनकपुरधाम उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साहले जानकारी दिए ।

जनकपुरधाममा भन्सार कार्यालय हुँदा हुँदै सामान पथलैया पठाउने प्रहरीले लिएको अडानले यहाँका व्यापारीहरुको मनोबल खस्काउने प्रयास गरिएको वरिष्ठ उपाध्यक्ष साहले आरोप लगाए । जटही नाकामा भन्सार कार्यालय छ, जनकपुरधाममा समेत कार्यालय छ यहाँ सामानको यकिन गर्नुपर्ने व्यापारीहरुले माग गरे पछि प्रहरी आफ्नो अडानमा कायम थिए ।

जनकपुरधाम लगायत मधेश प्रदेशका विभिन्न साना ठूला सहरहरुमा आर्थिक मन्दीका कारण व्यापारीहरु पलायन हुने अवस्थामा हुँदा हुँदै राजस्व तिरेर ल्याएका सामान समेतमा प्रहरीले मनोमानी गर्न थालेपछि व्यापारीहरु आन्दोलन गर्न बाध्य भएको वरिष्ठ उपाध्यक्ष साहको भनाइ थियो । कपडा व्यवसायी अग्रवाल सवै भन्दा बढी राजस्व बुझाउने जनकपुरधामका व्यापारी छन् ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब