नेपालको पूर्वी भू-भागमा देखिन थाल्यो ‘रेमल’ चक्रवातको आंशिक प्रभाव

  • जेठ १४, २०८१ | ३९७ पटक पढिएको | सीमा संदेश
alt

नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू–भागमा बंगालको खाडीबाट उत्पन्न ‘रेमल’ चक्रवातको आंशिक प्रभाव देखिन थालेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा साधारणतया बदली रहि देशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

रेमल चक्रवातको अप्रयक्ष प्रभावले कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा साथै बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ।
 
कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख गरेको छ । ।

‘रेमल’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालकाे कहाँ कहाँ पर्छ  ?

जल तथा माैसम पूर्वानुमान महाशाखाले रेमल चक्रवात सम्बन्धी माैसम बुलेटिन जारी गरेकाे छ ।

बुलेटिनमा उल्लेख गरे अनुसार उत्तरी बंगालको खाडीमा रहेको शक्तिशाली “रेमल” चक्रवात आज राती बंगलादेश र पश्चिम बंगाल आसपसको तटिय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ ।

नेपालको सन्दर्भमा ‘रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव नरहेतापनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मंगलबार नेपालको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्ण बदली रहनेछ ।

कोशी प्रदेशको केही स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । तराईका भू-भागमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ।

मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ।

बागमती प्रदेशको थोरै स्थानहरू मेघ गर्जन र चटयाङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध  गरेकाे छ।

गण्डकी प्रदेशको केही स्थानहरू मेघ गर्जन र चटयाङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ।

बाँकी प्रदेशको मौसम पूर्वानुमान र ‘रेमल’ चक्रवातको अद्यावधिक जानकारीको लागि यस महाशाखाबाट जारी हुने दैनिक मौसम पूर्वानुमान बुलेटिन हेर्न अनुरोध  गरेकाे छ।

सोमबार र मंगलबार दैनिक जन-जीवन, कृषि, पर्यटन, सडक तथा हवाई यातायात लगायत क्षेत्रहरू प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेकाे छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब