लहानमा एक मजदुर महिलाको चट्याङ्ग लागेर मृत्यु भएको छ। लहान नगपालिका १८ सोभनपुरका करिव ४० वर्षय हसिरन खातुनको खुट्टािखोलामा गीट्टी–बलुवा चाल्न गएको बेला विहिवार बेलुका चट्याङ्ग लागेर घटनास्थलमै मृत्यु भएको हो।
नियमित खोलामा गीट्टी–बलुवा चालेर जीविकोपार्जन गर्दै आएका उनको श्रीमान मोहम्मद समरुदसँगै विहिवार पनि खोलामै काम रहेको बेला चट्याङ्ग लागेर घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष मोहम्मद समशेरले जानकारी दिए।
उनका अनुसार छोरीसहित खोलामा गीट्टी–बलुवा चालिरहेकै बेला पानी परेपछि श्रीमान र छोरी जाली (चाल्नो) पुर्याउन अलि पर पुगेका बेला चट्याङ्ग परेर ढलेका उनको त्यहि मृत्यु भएको थियो। वडा अध्यक्षका अनुसार शरीरमा कहि ठूलो चोट नदेखिएपनि लगाएको सुरुवालको तल्लोभाग जलेको देखिएको छ।
खातुनको श्रीमान दुई छोरा र दुई छोरी रहेका छन्। उनीहरुको खोलामै गीट्टी–बलुवा चालेर जीविका चल्दै आएको थियो।
खोलामै काम गरिरहेका अन्य भने सुरक्षित रहेको अध्यक्ष समशेरले जानकारी दिए।
खातुनको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved