छात्रवृत्ति विवरण नबुझाउने संस्थागत स्कुल बन्द सूचीमा राख्ने काठमाडौं महानगरको चेतावनी

  • जेठ २४, २०८१ | ४४७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं महानगरपालिकाले ३ दिनभित्र सबै संस्थागत विद्यालाई छात्रवृत्ति विवरण पेस गर्न सूचना जारी गरेको छ । तोकिएको समयभित्र विवरण नबुझाएका यही वर्षदेखि स्कुल बन्द सूचमीमा राख्ने चेतावनीसमेत दिएको छ ।

‘विवरण पेस नगर्ने विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालन नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरिनेछ’, महानगरपालिकाले बिहीबार एक सूचना गर्दै भनेको छ, ‘यस्ता विद्यालयहरुमा विद्यार्थी भर्ना नगर्न/नगराउनुहुन र गराएको भए अन्यत्र स्थानान्तरण गर्नसमेत अभिभावकलाई सूचित गरिने व्यहोरा अनुरोध छ ।’

महानगरको अनिवार्य तथा निशुल्क शिक्षासम्बन्धी ऐन–२०७५, शिक्षा नियमावली २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ ले महानगरभित्र सञ्चालित सबै संस्थागत विद्यालयलले कुल विद्यार्थीको कम्तिमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाबमोजिम अझै केही विद्यालयले छात्रवृत्ति विवरण पेस नगरेको महानगरले जनाएको छ ।

छात्रवृत्ति दिने ४७३ विद्यालय

काठमाडौ महानगरपालिकाले सोही सूचनामार्फत नै महानगरभित्र सञ्चालित संस्थागत विद्यालय छात्रवृत्ति दिने विद्यार्थी संख्या पनि सार्वजनिक गरेको छ ।

चालु शैक्षिक सत्रका लागि ४७३ संस्थागत विद्यालयबाट कक्षा १० सम्मसम्मका विद्यार्थी संख्या र उपलब्ध गराइएको छात्रवृत्ति विवरण प्राप्त भएको महानगरले जनाएको छ ।

जसअनुसार महानगरभित्रका सबै संस्थागत विद्यालयमा विद्यार्थीको संख्या १ लाख ४९ हजार ९५० जना अध्ययनरत छन् । यसमध्येका १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब