कांग्रेस एमाले मिलनबारे माओवादीको प्रतिक्रिया–गणतन्त्र राखेर २०४७ को संविधान फर्काउने षड्यन्त्र

  • असार १८, २०८१ | ७० पटक पढिएको | सीमा संदेश
alt

 नेकपा एमाले र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा छन्।

एमालेले आजै समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्ने भएपछि कसरी अगाडि बढ्ने भन्नेबारे पाटीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन्।

माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले एमालेबाट कांग्रेससँगको सहमतिबारे अहिलेसम्म औपचारिक रुपमा जानकारी नआएको बताए।

उनले भने, ‘एमालेबाट समर्थन फिर्ता गरेको खबर गरेको छैन। एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। उहाँले विश्वासको मत पाउनुभएन भने संविधानका धारा ७६ को ३ मा जान्छ त्यो भनेको ठूलो दलको नेता प्रधानमन्त्री बन्ने हो।’

प्रधानमन्त्रीले राजीनामा दिनुुहुन्छ कि विश्वासको मतको सामना गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘त्यो सल्लाह हुँदैछ, राजीनामा नदिएर विश्वासको मत लिन सक्नुहुन्छ त्यो उहाँको अधिकारको कुरा हो।’

त्यसबारे रणनीति बनाउन प्रधानमन्त्री प्रचण्डले ९ बजेका लागि पदाधिकारी बैठक पनि राखेका छन्। उनले एमाले र कांग्रेस मिलेर २०४७ सालको संविधानतिर फर्काउनतिर लागेको आरोप लगाए।

उनले भने, ‘संविधान संशोधन गरेर समानुपातिक समावेश हटाउने कुरा आएका छन्। जनताले प्राप्त गरेको उपलब्धिलाई फर्काउने प्रतिगामी कदम नै हो। संविधान संशोधन गर्ने, समानुपातिक समावेशि हटाउने, निर्वाचन प्रणाली हटाउन भनेको छ, गणतन्त्र राख्ने ०४७ सालको संविधानमा फर्काउनेतिर गयो।’

उनले एमाले र कांग्रेस मिलेपछि अब माओवादीले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। कांग्रेस र एमालेबीच ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्नेदेखि संविधान संशोधन गर्ने सहमति बनेको छ।

सफाईकर्मी हटाउने हल्ला नै गल्त हो : प्रमुख प्रशासक

सिरहा, ०७ श्रावण । सफाईकर्मी हटाउने निर्णय नगरपालिकामा ...

गुरुहरुका सम्मान गरी गुरु पूर्णिमा मनाईयो

सिरहा, ०७ श्रावण । गुरुहरुका विशेष सम्मान गरी गुरु पूर् ...

राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन, कमलालाई समर्थन

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा ...

धारिलो हतियार प्रहार गरी पूर्व-राज्यमन्त्रीको हत्

सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको धारिलो हति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब