युक्रेनविरुद्धको लडाइँमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसले नागरिकता दिने

  • असार २७, २०८१ | ३३४ पटक पढिएको | सीमा संदेश
alt

युक्रेनविरुद्धको लडाइँमा ज्यान गुमाएका भारतीय नागरिकका परिवारलाई रुस सरकारले राहत र नागरिकता दिने प्रक्रिया अघि बढाएको छ । बीबीसी हिन्दीका अनुसार एक परिवारले त रुसको नागरिकता लिन सहमति पनि जनाइसकेका छन् ।

भारत गुजरातका अश्विन भाइ मांगुकियाले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, ‘रुस सरकारले मेरो खातामा ४५ लाख रुपैयाँ पहिले नै जम्मा गरिदिएको छ । १.३ करोड रुपैयाँ राहतमध्ये बाँकी रकम पछि दिने भनेका छन् । यसै महिनाको १५ वा २० तारिखमा बाँकी रकम पाउने आश छ ।’

अश्विन भाई मांगुकियाका छोरा हेमिलको २१ फेब्रुअरीमा भएको मिसाइल आक्रमणमा मृत्यु भएको थियो । उनी २३ वर्षका थिए । उनलाई एक एजेण्टले झुक्याएर त्यहाँ पुर्‍याएका थिए । एजेण्टले उनलाई रुसी सेनामा हेल्परको नोकरी दिलाउने आश्वासन दिएका थिए । तर हेमिललाई अरु भारतीय नागरिकहरुलाई जस्तै युक्रेनविरुद्धको लडाइँको अग्रमोर्चामा खटाइएको थियो ।

हेमिलका बुवा अश्विनले कपडा बजारमा मजदुरी गर्दछन् । उनले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, ‘मैले कमाएको पैसा सबै खर्च भइहाल्छ । दोस्रो छोरोले साइबर सेक्युरिटी पढ्दै छ ।’

उनले रुसको नागरिकता स्वीकार गर्ने पनि बताएका छन् । किन ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘हाम्रो देशमा समस्या यो छ कि हामीले धेरै कमाउन सक्दैनौं । भ्रष्टाचारीको देश हो हाम्रो ।’

यसैगरी हैदरावादका मोहम्मद अफसानका दाजु मोहम्मद इमरानले पनि बीबीसी हिन्दीसँगको कुराकानीमा अफसानका परिवारलाई रुस सरकारले राहत र नागरिकता दिने भनेको छ । मोहम्मद इमरानले भनेका छन्, ‘कागजी प्रक्रियाका लागि रुस जानुपर्ने भएको छ । उनीहरुले अफसानकी श्रीमती र दुई बच्चालाई नागरिकता दिने भनेका छन् । अफसानका दुई वर्षको छोरा र एक वर्षकी छोरी छिन् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सोमबार रुसको दुईदिने भ्रमणका लागि मस्को पुगेका थिए । त्यहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेर रुसी सेनामा भर्ती भएका भारतीय नागरिकहरुको सुरक्षाको विषयमा छलफल गरेका थिए ।

छलफलको क्रममा पुटिनले रुसी सेनामा भर्ती भएका भारतीयहरुलाई फर्काउन सहमति जनाएको भारतीय मिडियाहरुले लेखेका थिए । अहिले फेरि युक्रेनविरुद्धको लडाइँमा मारिएका भारतीय नागरिकका परिवारलाई राहत र रुसको नागरिकता दिने प्रक्रिया सुरु भएको खबरले भारतमा चर्चा पाइरहेको छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब