डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

  • असार ३०, २०८१ | ३३२ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।अमेरिकाको पेन्सिल्भेनियाको बटलरमा शनिबार भएको एक र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो ।

यो घटनापछि डोनाल्ड ट्रम्प आफ्नो दाहिने कानमा हात राखेको देख्न सकिन्छ । ट्रम्पको र्‍यालीमा धेरै पटक गोली चलेको आवाज सुनिएको थियो ।

पूर्व राष्ट्रपति ट्रम्पले आफूलाई मेरो दाहिने कानको माथिल्लो भागमा गोली लागेको र गोली लागेको बताएका छन् । चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो ।

लाइभ भिडियोमा ट्रम्पको दाहिने गाला र कानमा रगत छर्किएको देखाइएको छ।

उनी अहिले सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनीमाथि गोली प्रहार गर्नेलाई भने प्रहरीले गोली हानेर मारेको जनाइएको  छ ।साथै एक सर्वसाधरणको पनि मृत्यु भएको बीबीसीले  उल्लेख गरेको छ ।

ट्रम्पको चुनावी अभियानले एक विज्ञप्ति जारी गर्दै उनी ‘ठीक’ रहेको र स्थानीय स्वास्थ्य संस्थाले उनको ‘हेरचार’ गरिरहेको बताएको छ।

१५० देखि २०० यार्ड बाट गोली हानिएको बताइएको छ । गोली प्रहारपछि फाइट फाइट भनेर कराएको ट्रम्पको भिडिओ भाइरल भएको छ । केही समय अगाडि अमेरिकी पत्रकार टकर कार्लसनले ट्रम्पको हत्या प्रयास हुन सक्ने बताएका थिए ।

अमेरिकी सरकारबाट यस्तो हुने भय उनले सार्वजनिक गरेका थिए । यस्तै बीबीसीका एक पत्रकारले आफू बाइडेन भएको भए ट्रम्पको हत्या गर्ने बताएका थिए । अमेरिकीमा नेटो सम्मेलन सकिएको लगत्तै ट्रम्पको हत्या प्रयास भएको हो ।

ट्रम्प युद्ध बिरोधी उमेदवार हुन् । नेटोमा अमेरिकाले एक्लै खर्च नगर्ने उनले बताउँदै आएका थिए ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब