ट्रम्प फेरि आक्रमणको निशानामा, एके-४७ राइफलसहित एकजना पक्राउ

  • साउन २, २०८१ | २६२ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि आक्रमणको निशानामा परेका छन्।

मङ्गलवार रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा भाग लिन मिलवाउकी पुगेका पूर्व राष्ट्रपति ट्रम्पको सुरक्षा निकै कडा बनाइए पनि एकजना जबरजस्ती सम्मेलन हलमा प्रवेश गर्न खोजिरहेको अवस्थामा पक्राउ परेका छन्।

फक्स समाचारका अनुसार २१ वर्षका ती युवक सम्मेलन हलमा प्रवेश गर्न खोजिरहँदा आशङ्का लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा ती व्यक्ति एके–४७ राइफल र गोलीसहित पक्राउ परेका हुन्।

त्यसैगरी चक्कु लिएर सम्मेलन स्थल बाहिर घुमिरहेको अवस्थामा एकजना भेटिएपछि प्रहरीले गोली हानी हत्या गरेको छ।

राष्ट्रिय सम्मेलनमा ट्रम्पलाई रिपब्लिकन पार्टीले आगामी राष्ट्रपति निर्वाचनका लागि औपचारिक रुपमा उम्मेदवार घोषणा गरिएको छ।

यसअघि आइतवार चुनावी सभा सम्बोधनको क्रममा पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको थियो। गोलीको छर्रा लागेर उनको कानमा सामन्य चोट लागेको थियो।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब