सिरहा, ०७ श्रावण । गुरुहरुका विशेष सम्मान गरी गुरु पूर्णिमा भव्यताका साथ मनाइको छ । नेपाल पब्लिक एकेडमी लडकंहा, अक्षरा पाठशाला र नेचुरल एकेडमी गोलबजारका संयुक्त सहयकार्यमा एक कार्यक्रम गरी सम्बन्धित विद्यालयमा अध्ययन अध्यापन गराई रहेका गुरु वर्गाहरुलाई सम्मान गरी गुरु पूर्णिमा मनाईएका छन् ।
विद्यालयमा नैतिक शिक्षालाई प्राथमिकतामा राखी अबका दिनमा नीजि विद्यालयहरुले समाजिक परम्परा, संस्कृती र पहिचान झलकाउन गरी शिक्षा प्रदान गर्नु पर्छ । यसले गुरु र शिष्य बिचका सम्बन्धलाई बलियो बनाउने नेचुरल एकेडमिका प्र.अ. राम कुमार यादबले बताए ।
आजको दिनमा गुरु र शिष्य बिचको सम्बन्ध चिरा हुनु दुःखद रहेको छ । यसलाई पुनः लयमा फर्काउन गुरुहरुले आफ्ना शिष्यलाई गर्नु पर्ने व्यवहारमा परिवर्तन ल्याई शिष्यलाई भोलिको परिवर्तन संवाहकको रुपमा बुझि शिक्षा प्रदान गर्नु पर्छ । विद्यार्थीलाई ठुलो मान्छे मात्र बनाउने होइन, ठुलो मान्छेले समाज प्रति गर्ने व्यवहार पनि सिकाउनु पर्ने गरी शिक्षा दिनु पर्ने जरुरी रहेको नेपाल पब्लिक एकेडमिका प्रअ.उमेश कुमार यादबले बताए ।
हिन्दू परम्पराअनुसार आषाढ शुक्ल पक्षको पूर्णिमाका दिन गुरु पूर्णिमा पर्व मनाइन्छ। यो पर्व सामान्यतया जुन वा जुलाई महिनामा पर्छ। गुरु पूर्णिमा नेपालमा मात्र नभई भारत भुटानमा पनि मनाइन्छ।
नेपालमा गुरु पूर्णिमालाई शिक्षक दिवसका रूपमा मनाइन्छ तर भारतमा शिक्षक दिवस गुरु पूर्णिमाको दिन नभई हरेक वर्ष सेप्टेम्बर ५ मा मनाइन्छ।
बुद्ध धर्म मान्नेहरूले भगवान बुद्धको सम्झनामा गुरु पूर्णिमा मनाउँछन्। भगवान बुद्धले यसै दिन पहिलो उपदेश दिएका थिए। यसपछि मात्रै बुद्ध धर्मको सुरुवात भएको मानिन्छ। पौराणिक मान्यताअनुसार गुरु पूर्णिमालाई महाभारतका रचयिता वेद व्यासको जन्मदिन मानिन्छ। उनको सम्मानमा यस दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ। चार वेदको रचना गरेका हुनाले उनको नाम वेदव्यास राखिएको पनि शास्त्रमा उल्लेख छ।
प्राचीन कालदेखि नै गुरुहरूको भूमिका धेरै महत्त्वपूर्ण छ। प्राचीन सभ्यता होस् वा आधुनिक काल, समाज निर्माणमा गुरुको भूमिका महत्त्वपूर्ण मानिन्छ।
गुरुको कृपा प्राप्त नभएसम्म जो कोही पनि अज्ञानको अन्धकारमा भौँतारिन्छ र भ्रम र मोहको बन्धनमा बाँधिएर मोक्ष प्राप्त गर्दैन। गुरुबिना उसलाई सत्य र असत्यको भेद थाहा हुँदैन, सही र गलत के हो थाहा हुँदैन। पौराणिक कथाअनुसार जगतगुरु भगवान् शिवले यसै दिनबाट सप्तर्षिलाई योग सिकाउन थालेका थिए।
Copyright © 2020 / 2025 - Seema Sandesh Daily.com All rights reserved