मधेशका २३ पालिकाले गाउँसभा गरेनन्

  • साउन २७, २०८१ | ३३० पटक पढिएको | सीमा संदेश
alt

जनप्रतिनिधहरु बीचको आपसी टकरावले देशभरका २३ गाउँपालिकाको गाउँसभा हुन सकेको छैन । समयमा गाउँसभा नहुँदा ती गाउँपालिकाको सेवा प्रभावित भएको छ ।

गाउँपालिका अध्यक्षको एकलौटी, सेवा सुविधामा असन्तुष्टि, बजेटमा भागबण्डा नमिल्ने, वडाध्यक्षहरुको असहमति तथा दक्ष कर्मचारीको अभावका कारण ती गाउँपालिकाहरुले नियमित गाउँसभा गर्न सकेका छैनन् । यसरी गाउँपालिका अध्यक्ष– उपाध्यक्षबीच बिवाद, व्यक्तिगत स्वार्थ, दक्ष कर्मचारी अभाव लगायत कारणले गाउँसभा गर्न नसक्ने गाउँपालिकाको संख्या देशभर २३ वटा छ । तीमध्ये मधेशमा मात्रै १९ गाउँपालिकाले गाउँसभा गर्न सकेका छैनन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मी पाण्डेका अनुसार ४६० गाउँपालिकामध्ये २३ गाउँपालिकाले गाउँसभा गर्न सकेका छैनन् । तीमध्ये मधेशका मात्रै १९ गाउँपालिका छन् । मधेश प्रदेशका पर्सामा ४, बारामा १, सर्लाहीमा २ , महोतरीमा २, धनुषामा ५, सिरहामा ३ र सप्तरीको २ गाउँपालिकाले गाउँसभा गरेका छैनन् । यहाँ १३६ स्थानीय तहमध्ये ५९ गाउँपालिका छन । जनप्रतिनिधिहरुमा असमझदारी र कर्मचारीले समन्वय गर्न नसक्दा धेरै गाउँपालिकामा गाउँसभा हुन नसकेको पाण्डेले बताइन् । ’मधेशका गाउँपालिका निमित्त प्रमुखको भरमा चलेको छन्,’ अध्यक्ष पाण्डेले भनिन्, ‘ गाउँसभा गर्न नसकेको कारण बुझ्न पालिकाहरु घुम्यौँ । प्रशासन नबुझ्ने आयुर्वेदका कर्मचारीलाई गाउँपालिकाको जिम्मा लगाइएको छ । कतै बोल्नै नसक्ने वडा सचिवलाई अधिकृतको जिम्मा दिइएको छ । समान्य समस्या र बिवादमा पनि समन्वय नहुँदा गाउँपालिका अलपत्र भएको पाइएको छ ।’ गाउँपालिकामा निमित प्रमुख र लेखाका कर्मचारीले आफ्नो स्वार्थ नमिल्दा जनप्रतिनिधिहरुमा विवाद गराउँदै आएको समते पाइएको उनले बताइन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष पाण्डे गाउँसभा हुन नसकेको गाउँपालिकामा समन्वय गरिदिन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई आग्रह गरेकी छन् । शनिबार मुख्यमन्त्री सिंहलाई भेटर गाउँ सभा हुन नसकेका स्थानीय तहमा पहल गरिदिन आग्रह गरेका हुन् । प्रदेश समन्वय समितिको बैठकलाई नियमित गरी स्थानीय तहमा रहेको विकृत र समस्यालाई समाधान गर्न समेत पाण्डले मुख्यमन्त्रीलाई आग्रह गरिन् ।

इजरायल-इरान युद्धमा दुवैतिर जितको खुसी: आणविक कार्

इजरायल र इरानबिचको युद्धको १२औं दिन मंगलबार युद्धविराम ...

असार ११ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ११ गते । बुधबार । ईश्वी सन् २०२५ जु ...

कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत फेला

 कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा ...

इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार

इजरायलले आक्रमण रोके युद्धविराम गर्न आफूहरू तयार रहेको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब