मधेशका २३ पालिकाले गाउँसभा गरेनन्

  • साउन २७, २०८१ | ५९७ पटक पढिएको | सीमा संदेश
alt

जनप्रतिनिधहरु बीचको आपसी टकरावले देशभरका २३ गाउँपालिकाको गाउँसभा हुन सकेको छैन । समयमा गाउँसभा नहुँदा ती गाउँपालिकाको सेवा प्रभावित भएको छ ।

गाउँपालिका अध्यक्षको एकलौटी, सेवा सुविधामा असन्तुष्टि, बजेटमा भागबण्डा नमिल्ने, वडाध्यक्षहरुको असहमति तथा दक्ष कर्मचारीको अभावका कारण ती गाउँपालिकाहरुले नियमित गाउँसभा गर्न सकेका छैनन् । यसरी गाउँपालिका अध्यक्ष– उपाध्यक्षबीच बिवाद, व्यक्तिगत स्वार्थ, दक्ष कर्मचारी अभाव लगायत कारणले गाउँसभा गर्न नसक्ने गाउँपालिकाको संख्या देशभर २३ वटा छ । तीमध्ये मधेशमा मात्रै १९ गाउँपालिकाले गाउँसभा गर्न सकेका छैनन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मी पाण्डेका अनुसार ४६० गाउँपालिकामध्ये २३ गाउँपालिकाले गाउँसभा गर्न सकेका छैनन् । तीमध्ये मधेशका मात्रै १९ गाउँपालिका छन् । मधेश प्रदेशका पर्सामा ४, बारामा १, सर्लाहीमा २ , महोतरीमा २, धनुषामा ५, सिरहामा ३ र सप्तरीको २ गाउँपालिकाले गाउँसभा गरेका छैनन् । यहाँ १३६ स्थानीय तहमध्ये ५९ गाउँपालिका छन । जनप्रतिनिधिहरुमा असमझदारी र कर्मचारीले समन्वय गर्न नसक्दा धेरै गाउँपालिकामा गाउँसभा हुन नसकेको पाण्डेले बताइन् । ’मधेशका गाउँपालिका निमित्त प्रमुखको भरमा चलेको छन्,’ अध्यक्ष पाण्डेले भनिन्, ‘ गाउँसभा गर्न नसकेको कारण बुझ्न पालिकाहरु घुम्यौँ । प्रशासन नबुझ्ने आयुर्वेदका कर्मचारीलाई गाउँपालिकाको जिम्मा लगाइएको छ । कतै बोल्नै नसक्ने वडा सचिवलाई अधिकृतको जिम्मा दिइएको छ । समान्य समस्या र बिवादमा पनि समन्वय नहुँदा गाउँपालिका अलपत्र भएको पाइएको छ ।’ गाउँपालिकामा निमित प्रमुख र लेखाका कर्मचारीले आफ्नो स्वार्थ नमिल्दा जनप्रतिनिधिहरुमा विवाद गराउँदै आएको समते पाइएको उनले बताइन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष पाण्डे गाउँसभा हुन नसकेको गाउँपालिकामा समन्वय गरिदिन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई आग्रह गरेकी छन् । शनिबार मुख्यमन्त्री सिंहलाई भेटर गाउँ सभा हुन नसकेका स्थानीय तहमा पहल गरिदिन आग्रह गरेका हुन् । प्रदेश समन्वय समितिको बैठकलाई नियमित गरी स्थानीय तहमा रहेको विकृत र समस्यालाई समाधान गर्न समेत पाण्डले मुख्यमन्त्रीलाई आग्रह गरिन् ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब