पुस २८ गते आइतबार, यस्ताे छ तपाईंकाे राशिफल

  • पुस २८, २०८१ | ५६० पटक पढिएको | सीमा संदेश
alt

आज विक्रम संवत २०८१ साल, पौष २८ गते, आईतबार । ईश्वी सन् २०२५ जनवरी १२ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९४६ । पौष शुक्लपक्ष । तिथि–चर्तुदशी, ३४ घडी ३७ पला, रातको ४ बजेर ४९ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–मृगशिरा, ११ घडी १३ पला, बिहान ११ बजेर २७ मिनेट उप्रान्त आद्र्रा । योग–ब्रम्ह, ३ घडी ३६ पला, बिहान ९ बजेर ३६ मिनेट उप्रान्त ऐन्द्र । करण–गर, बेलुकी ५ बजेर २३ मिनेट उप्रान्त वणिज, रातको ४ बजेर ४९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–मिथुन । काठंमाडौमा सूर्योदय बिहान ०६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २५ मिनेट । दिनमान २६ घडी १० पला ।

आजको बार बेला  
बिहान ०६ बजेर ५८ मिनेटसम्म उद्धेग बेला ।
बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १७ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर १८ मिनेटदेखि बिहान ९ बजेर ३५ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५४ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ५५ मिनेटदेखि बिहान १२ बजेर १२ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर १३ मिनेटदेखि  दिउँसो १ बजेर ३१ मिनेटसम्म शुभ बेला ।
दिउँसो १ बजेर ३२  मिनेटदेखि दिउँसो २ बजेर ५० मिनेटसम्म रोग बेला ।
दिउँसो २ बजेर ५१ मिनेटदेखि बेलुकी ४ बजेर ०८ मिनेटसम्म उद्धेग बेला ।
बेलुकी ४ बजेर ९ मिनेटदेखि बेलुकी ७ बजेर ०८ मिनेटसम्म शुभ बेला ।
नोट :  शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर ८ मिनेटदेखि बेलुकी ५ बजेर २६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर २३ मिनेटदेखि बिहान ६ बजेर ११ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) छिमेकिहरु माझ राम्रो काम गरेर प्रशिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरु सफलतापूर्वक सम्पन्न हुनेछन् । दाजुभाई तथा बन्धुबान्धवको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । वित्तीय वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ ।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) परिवार तथा नजिकका मानिसबाट तपाईंको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । काम देखाएर लाभ उठाउने समय छ । श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।  सबैखाले व्यापारबाट मनग्गे धन लाभ हुनेछ । साथीभाई तथा आफन्तको प्रायोजनमा यात्रा गर्ने अवसर जुर्नेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डी,डु,डे,डो) समय राम्रो रहेकाले विदेशी सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेकोछ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानी गरि आम्दानी गर्न सकिनेछ । र, पनि गैह्रन्यायिक काम नगर्नुहोला दण्ड वा जरिवान तिर्नुपर्ने हुनसक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) मनपरेको मानिसबाट चिट्ठा तथा उपहार पाइने हुदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । खाद्यान्न, तरल पदार्थ, गरगहना तथा खनिज पदार्थको व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृड हुनेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नको लागी आफन्तबाट आवश्यक कामहरु हुनेछन् । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी हुने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) पुराना समस्याहरु समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । नोकरी तथा व्यवसायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । प्रेम सम्बन्धहरुलाई विवाहमा परिणत गर्ने सहमति जुट्ने तथा घर गृहस्थी सुचारु गर्ने समय रहेकोछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) आजको समय राम्रो रहेकाले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा  खोजमूलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट पिषेश सामान तथा उपहार प्राप्त हुने योग रहेकोछ । पढाइकै शिलशिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक भई रमाउने समय रहेकोछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू)  नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेकोछ । आफन्त तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्राको तय हुनेछ । राशि स्वामी मंगलको शुभ प्रभावले भाग्य बृद्धि हुनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ भने अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडिहरुका लागी समयले साथ दिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आम्दानी हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी बढाएर प्रसस्त रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम रहेनेछ ।
 
कुम्भ
 (गु,गे,गो,सा,सि,सु,से,सो,दा) मन परेको मानिसबाट विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने समहति जुट्नेछ । अध्ययनमा मन जाने तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । वंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।  

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत भनाइहरु जनमानसमा लैजानको लागी समय राम्रो रहेकोछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब