सिरहा, २२ माघ । विद्यार्थीले आध्यात्म मार्गसँगै कर्ममाथि विश्यास गरी अध्ययन क्षेत्रमा लागे निश्चित रुपमा भोलीका दिनमा भविष्या उज्यल हुने सिरहा नगरपालिका मेयर डा.नवीन कुमार यादबले बताए । सरस्वती पूजाको अवसरमा ह्यापी ल्याण्ड एकेडमी स्कुल सिरहाले आयोजना गरेको संगित कार्यक्रमलाई उद्घाटन क्रममा आध्यात्म र कर्मलाई जोडेर यस्तो बताए ।
शिक्षा व्यपार भन्दा सेवाका रुपमा विद्यार्थीलाई सकारात्क परिवर्तन हुने गरी पठानपाठान हुनु पर्ने र विद्यार्थीले पनि भोलीका दिनमा देश विकासमा योग्दान पुर्यिाउने संकलपका साथ शिक्षा आर्जनमा लाग्नु पर्ने मेयर यादबले जोड दिनु भयो ।
शिक्षा सामाज परिवर्तनका मुल मार्ग भएकोले आजका सा– साना नानीहरु भोलीका भविष्या हुने भएकोले विद्यालयहरुले विद्यार्थीहरुलाई अँध्याराबाट उज्यालो तर्फ डोरियाउने कार्य इमान्दारी पूर्वक शिक्षा दिनु पर्ने सिरहा नगरपालिका वडा नं.२ को वडाअधयक्ष राकेश कुमार यादबले बताए ।
मधेशको प्राचीन मिथिलाक्षेत्रमा श्रीपञ्चमी पनि भनिने यस पर्वमा कैयौं परम्परा जोडिने हुँदा यो यहाँ बहुआयामिक महत्त्वको रुपमा रहँदै आएको छ ।
मिथिलामा मुख्यतः विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजन परम्परासँग जोडिएको यो पर्वमा ससाना नानीहरुलाई अक्षरारम्भ गराइने मैथिल परम्परा छ । “यो सरस्वती पूजनोत्सव र विद्यारम्भसँग सम्बद्ध पर्व हो”, मैथिल लोकपरम्पराका ज्ञाता जलेश्वर–४ सुगाभवानीपट्टीका बासिन्दा ८७ वर्षीय कृष्णचन्द्र झा भन्नुहुन्छ, “यसै परम्पराअनुसार यो पर्वका दिन ससाना नानीलाई खरीपाटी समाउन लगाउने चलन छ ।” पहिलेको खरीपाटीको ठाउँ भने अब कापी, कलम र पेन्सिलले लिएको उहाँले स्पष्ट पार्नुभयो।
माघ शुक्लपञ्चमीका दिन अक्षरारम्भ गराइएका बालबालिकाले पढे लेखेको कुरा सहजै टिप्छन् भन्ने मान्यताले वसन्तपञ्चमी पर्व लेखपढको राम्रो मुहूर्त मानिँदै आइएको हो । अक्षराम्भ गराइने बालबालिकालाई व्यञ्जन वर्णमालाको पहिलो अक्षर ‘क’ लेख्न सिकाइन्छ । ‘क’ पूर्वीय दर्शन परम्परामा व्यञ्जन वर्णमालाको पहिलो अक्षरमात्र नभई ब्रह्मस्वरुप भएको हुँदा यसको लेखन र वाचन अभ्यासले परंब्रह्मको आराधना पनि हुने पूर्वीय दर्शन तथा मैथिल परम्पराका ज्ञाता बलवा नगरपालिका–१० धमौराका ७० वर्षीय कामेश्वर झा बताउनुहुन्छ । पर्वका दिन विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाअर्चना उत्सवका रुपमा मनाइने मैथिल चलन छ ।
मिथिलामा यो मुख्य कृषि पर्वका रुपमा पनि स्थापित छ । यस दिनलाई कृषि वर्षको प्रारम्भका रुपमा मानिने पुरानो चलन छ । यस चलनअनुसार मिथिलामा श्रीपञ्चमीकै दिन किसानले वर्षभरि कृषि कार्यका लागि श्रमिकको निधो गर्ने र उनलाई पुज्ने परम्परा छ । किसान र श्रमिकबीच कामको र पारिश्रमिकको टुङ्गो लागेपछि श्रमिकलाई घरमा डाकेर भोजन गराइ वस्त्र र दक्षिणा दिने चलन रहेको गौशाला–४ का ७० वर्षीय रामऔतार महासेठ बताउनुहुन्छ । मिथिलामा यसै दिन किसानले बाँझो खेतमा गोरु नारेर दुई÷तीन फन्को भएपनि जोत्छन् । यस दिन किसानले वर्षभरि कृषि हराभरा होस् भन्ने कामना गर्छन् । श्रीपञ्चमीका दिन खेत जोतिँदा गोरु, श्रमिक र खेत तीनै कुराबाट फलिफाप हुने जनविश्वास छ ।
यसै दिन कृषिज्यावल (कुटो, कोदालो, बञ्चरो, हँसिया, कँचिया, खुर्पी, हलो, फाली) उध्याउने, मर्मत गर्ने र नयाँ बनाउने कामका लागि लोहार (यससम्बन्धी काम गर्ने मिथिलाको जातिविशेष) तय तमन्ना (कुरा पक्कागर्ने) परम्परा छ ।
श्रीपञ्चमी मिथिलामा ऋृतु परिवर्तनको पर्व समेत मानिन्छ । श्रीपञ्चमीसँगै वसन्त ऋतु सुरु हुने मान्यताले यस दिन मान्यजनबाट अबिर लगाएर आशिर्वाद लिने मैथिल परम्परा छ । यसलाई वसन्त उत्सवको प्रतीक मानिन्छ । मिथिलामा वसन्त उत्सवको परम्पराअनुसार श्रीपञ्चमीकै दिनदेखि बस्तीबस्तीमा ‘जोगिरा’ (फागुगीत) गाउन थालिन्छ । फागुन पूर्णिमाका दिन रङ् र अबिर खेलेपछि यो उत्सव समापन हुने चलन छ । यद्यपि पछिल्ला केही वर्षयता पुराना ‘जोगिरा’ गाउने ‘गवैया’ (गीत गाउने समूह) लोप हुँदै गएको छ ।
मिथिलामा श्रीपञ्चमीका दिन देवी सरस्वतीको मात्र नभएर शिव आराधना पनि सुखदायक मानिन्छ । यसै विश्वासले श्रीपञ्चमीका दिन शिवालयमा जल, फूल र गाईको दूध चढाउने मैथिल परम्परा छ । साउनको सोमबार र महाशिवरात्री झैं श्रीपञ्चमी पर्वमा मैथिल टाढाटाढाका शिवालयमा तीर्थाटनका लागि जाने चलन रहेको मटिहानी–७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ।
Copyright © 2020 / 2025 - Seema Sandesh Daily.com All rights reserved