रिंकु सदाय शंकास्पद मृत्यु प्रकरण : वडासदस्यसहित १४ जनालाई जरिवाना र कैद सजाय

  • वैशाख १७, २०८३ | २४१ पटक पढिएको | सीमा संदेश
alt

सिराहाको नवराजपुर गाउँपालिका– १, भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कारपछि शंकास्पद मृत्युसम्बन्धी घटनामा वडा सदस्यसहित १४ जनालाई जरिवाना र कैद सजाय भएको छ ।

मुद्दा दर्ता भएको १३ महिना १० दिनमा सिराहा जिल्ला अदालतले १० वैशाखमा सजाय निर्धारणको फैसला सुनाउँदै बलात्कारमा संलग्न किशोर र सहयोगी तथा घटनालाई गाउँमै मिलापत्र गराउन पञ्चायती बसेका वडासदस्यसहितका प्रतिवादीहरूलाई जरिवाना र कैद सजाय सुनाएको हो ।

अदालतका मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको एकल इजलासले आंशिक अभियोग दाबी पुग्ने फैसला सुनाएको अदालतका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत राधेश्याम यादवले बताए ।

उनका अनुसार घटनामा संलग्न नाबालकहरू ०८१ लहान (ण११), ०८१ लहान (ण१), ०८१ लहान (ण६)सहित पञ्चायतमा संलग्न नवराजपुर–१ का वडासदस्य नथुनी साह, रामकृपाल मण्डल, बिन्देश्वर साह, कारी भन्ने करिया मुसहर, रामदेव सदाय, रामपुकार मण्डल, बौका डाक्टर भनिने रामनारायण दास तत्मा, किसुनदेव दास तत्मा, रामसेवक साह, रामप्रितसाह तेली, भगत सदाय दोषी ठहर भएका हुन् । दोषी ठहर भएकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उपदफा १ को कसुरमा उपदफा २ बमोजिम जनही ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको उनले बताए ।

संहिताको दफा २२७ क को उपदफा १ को कसुरमा उपदफा २ बमोजिम जनही चार महिना कैद र चार महिना कैद हुनेमा निजहरूले दफा ४३ (१) बमोजिमको कसुर गरेको ठहर गर्दै दफा ४३ (२) बमोजिम जनही आठ महिना कैद र सात हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । त्यसका अतिरिक्त प्रतिवादी वडासदस्य साहले दफा २२७ क (३) बमोजिम उक्त सजायमा थप ६ महिना कैद सजाय हुने, संहिताको दफा १८६ र २२८ बमोजिम प्रतिवादीहरूबाट जनही ३५ हजार रुपैयाँ पीडितको हकवालालाई भराइदिन र वडासदस्यले चार सय तथा अन्य प्रतिवादीहरूले जनही दुई सय रुपैयाँ क्षतिपूर्ति शुल्क बुझाउनुपर्ने फैसला भएको छ । 

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब