ल फर्म विस्फाेट घटनामा लेखापढी व्यवसायी यादव पुर्पक्षका लागि कारागार चलान

  • वैशाख १९, २०८३ | १७८ पटक पढिएको | सीमा संदेश
alt

जिल्ला सदरमुकाम सिराहास्थित ल फर्ममा भएको विस्फाेटको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएका सोही फर्ममा काम गर्ने लेखापढी व्यवसायी पुर्पक्षका लागि कारागार चलान भएका छन्।

सिराहा जिल्ला अदालतका न्यायाधीश ओमबहादुर सोडारीको एकल इजलासले बिहीबार दिएको आदेशबमोजिम करिब २९ वर्षीय गुमस्ताकुमार यादव कारागार चलान गरिएका हुन्। सिराहाको सुखीपुर नगरपालिका– ३, लक्ष्मीनिया घर भएका यादवविरुद्ध जिल्ला अदालतमा १४ वैशाखमा दर्ता भएको बम विस्फाेट गराई ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दामा बिहीबार भएको तेस्रो पूरक पेसीमा कारागार पठाइएको हो।

सिराहा नगरपालिका– १ स्थित जिल्ला अदालतअगाडि जिल्ला अदालत बार एसाेसिएसनको कार्यालय रहेको दुईतले भवनको भुइँतलाको सटरमा अधिवक्ता मधुसुदनप्रसाद यादवले चलाइरहेको कामधेनु ल फर्ममा गत २७ फागुनमा प्रेसरकुकर बम विस्फाेट भएको थियो। उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ चैतमा यादवलाई पक्राउ गरेको थियो।

विस्फाेटको घटनामा संलग्न रहेका प्रमाणहरू भेटिएपछि पक्राउ गरिएका यादवलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको थियो। उक्त घटनामा सोही फर्ममा काम गर्ने सिराहा नगरपालिका– १ घर भएका सौरभ यादव हातको औँला र खुट्टामा चोट लागेर सामान्य घाइते भएका थिए। विस्फाेटमा फर्ममा रहेका कम्प्युटर, फर्निचरलगायतका सामग्रीमा पनि क्षति पुगेको थियो।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब