माघ २६ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

  • माघ २६, २०८१ | ३८२ पटक पढिएको | सीमा संदेश
alt

आज विक्रम संवत २०८१ साल माघ २६ गते, शनिबार । ईश्वी सन् २०२५ फेव्रुवरी ८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–एकादशी, ३६ घडी १६ पला, बेलुकी ९ बजेर १९ मिनेट उप्रान्त द्धादशी । नक्षत्र–मृगशिरा, ३१ घडी ३१ पला, बेलुकी ७ बजेर २५ मिनेट उप्रान्त आद्र्रा । योग– वैधृती, २२  घडी २ पला, दिउँसो ३ बजेर २७ मिनेट उप्रान्त विष्कुम्भ । करण–वणिज, बिहान १० बजेर ४ मिनेट उप्रान्त भद्रा, बेलुकी ९ बजेर १९ मिनेट उप्रान्त बव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–बृष, बिहान ७ बजेर ५१ मिनेट उप्रान्त मिथुन  । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४८ मिनेट । दिनमान २७ घडी २७ पला ।

आजको बार बेला 
बिहान ०६ बजेर ४९ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ५० मिनेटदेखि बिहान ८ बजेर ११ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर १२ मिनेटदेखि बिहान ९ बजेर ३४ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ३५ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म उद्धेग बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म लाभ बेला ।
दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर  ४ मिनेटसम्म अमृत बेला ।
दिउँसो ४  बजेर ५ मिनेटदेखि बेलुकी ४ बजेर २६ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर २७ मिनेटदेखि बेलुकी ७ बजेर २६ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ९ बजेर ३३ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट :  राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर १३ मिनेटदेखि बिहान ६ बजेर १ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) साथीभाइको सहयोगले राम्रै काम गर्न सकिनेछ । विवाद तथा प्रतिस्पर्धामा तपाईंको नाम अग्रस्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा ईच्छाहरु पुरा गर्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रविधिको प्रयोगमार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । घुमफिर, खानपान तथा मनोरञ्जनमा समय खर्च हुनेछ ।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) बोलीवचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गीत संगीत तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

मिथुन (का, कि,कु,घ,ङ,छ,के,को,हा) नयाँ प्रविधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । विद्यार्थी वर्गहरुका लागी मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा विलाशिताका सर सामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि विछोड भएका मित्रहरुसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) लामो दुरीको विदेश यात्रा तय हुनेछ । विदेशमा बसेर पेशा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायी रहनेछ । खर्च बढेपनि उपलब्धिमूलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथीभाइको साथ रमाइलो गर्दै दिन विताउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित पेशा व्यवसायबाट लाभ लिन सकिनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्  भने श्रमको उचित मूल्यांकन होला। शैक्षिक गुणस्तरमा बृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दाजुभाई तथा आफन्तकाहरुले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तिको गतिलो योग रहेकोछ । भविष्यका लागी धन तथा सम्पत्ति जोड्न सकिनेछ  । प्रेमको डोरो कसिलो भएर जानेछ । वंश वृद्धिको ग्रहयोग रहेकोछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) औषधि, गरगहना ता खाद्यान्नको व्यापारबाट जस्तो नाँफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । माया प्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रशन्न हुनेछ । शुभ तथा मांगलिक समारोहमा उपस्थित भई मीठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।  

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)  धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरु हुनेछन् । पूजा सामाग्री तथा खाद्यान्नको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । राज्यको नजिक भई काम गर्नेहरुले आर्थिक लाभ प्राप्त गर्ने समय रहेकोछ । अध्ययन वा कामको शिलशिलामा विदेश यात्राको योग रहेकोछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरु जनमानसमा लैजान सकिनेछ । विवाह वा व्रतबन्धमा सहभागी हुने अवसर जुर्नेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ–नयाँ स्रोतहरु फेला पार्न सकिनेछ । नसोचेको धन तथा सम्पत्ति हात लाग्ने योग रहेकोछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरीको यात्रा हुने योग रहेकोछ । खानपान वा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे) आर्थिक पक्ष बलियो रहने हुनाले जीवनन शैली विलाशी रहनेछ ।  नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रशन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुशी रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउदै अघि बढ्न सकिनेछ ।
 
मकर 
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारलाई सल्टाउने समय रहेकोछ । सत्रुले दुःख दिन खोजे पनि अन्तत उनीहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त तथा मावलीपक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वीलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । समयको सदुपयोग गर्दै खानपान, भेटघाट तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।
 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) पति पत्नीबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको सर्वत्र प्रशंसा होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्‍याउला । अध्ययनमा उच्चता हासिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ  । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ । अध्ययनको सवालमा लामो दुरीको यात्राको योग रहेकोछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरु गर्न  सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृड हुनेछ भने प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाल प्रतिष्ठामा बृद्धि हुनेछ । कृषि  तथा पशुपालन व्यवसायबाट लाभ लिन सकिनेछ ।  

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

गोलबजारमा ज्यान गुमाएका यादवको शव प्रहरीले उठायो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्र ...

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब