माघ २७ गते आइतबार, यस्ताे छ तपाईंकाे राशिफल

  • माघ २७, २०८१ | ५३३ पटक पढिएको | सीमा संदेश
alt

आज विक्रम संवत २०८१ साल माघ २७ गते, आइतबार । ईश्वी सन् २०२५ फेव्रुवरी ९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–द्धादशी, ३३ घडी १३ पला, बेलुकी ८ बजेर ५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–आद्र्रा, ३० घडी २ पला, बेलुकी ६ बजेर ४८ मिनेट उप्रान्त पुनर्वशु । योग–विष्कुम्भ, १६  घडी २० पला, दिउँसो १ बजेर ३० मिनेट उप्रान्त प्रिती । करण–बव, बिहान ८ बजेर ३९ मिनेट उप्रान्त बालव, बेलुकी ८ बजेर ५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मिथुन  ।  काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४९ मिनेट । दिनमान २७ घडी ३४ पला ।

आजको बार बेला  
बिहान ०६ बजेर ४८ मिनेटसम्म उद्धेग बेला ।
बिहान ६ बजेर ४९ मिनेटदेखि बिहान ८ बजेर ११ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर १२ मिनेटदेखि बिहान ९ बजेर ३३ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर ३४ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म शुभ बेला ।
दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर  ४ मिनेटसम्म रोग बेला ।
दिउँसो ४  बजेर ५ मिनेटदेखि बेलुकी ४ बजेर २७ मिनेटसम्म उद्धेग बेला ।
बेलुकी ४ बजेर २८ मिनेटदेखि बेलुकी ७ बजेर २७ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर २६ मिनेटदेखि बेलुकी ५ बजेर ४९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहुर्त
बिहान ५ बजेर १२ मिनेटदेखि बिहान ६ बजेर ० मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले एक कदम अगाडि बढेर अग्रगामी छलाङ मार्न सकिनेछ । उद्योग, व्यापार तथा शेयरबजारमा लगानी बढाई भनेजस्तो रुपैयाँ कमाउन सकिनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरु सँग भेटघाट हुने हुनाले मन प्रशन्न रहनेछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ । निर्माण सामाग्री तथा शेयरमा लगानी गरि आर्थिक अवस्थामा सुधार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । गीत संगीत तथा मोडलिङ पेशा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) व्यापार तथा शेयरबजारबाट मनग्गे लाभ लिन सकिनेछ भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ।  एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफन्त तथा साथीभाइको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकी तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रेममा रमाउन चाहनेका लागी समयले साथ दिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) समय राम्रो रहेकोले विदेशी  सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाइने वा विदेश यात्राको प्रवल सम्भावना रहेकोछ । खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । र, पनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्यसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला, जरिवाना पनि हुन सक्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) मान सम्मान तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ भने आर्थिक अवस्था भनेजस्तो हुनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । सहयोगीहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईंको चुम्बकीय व्यत्तिmत्वले सबैको मन तान्नेछ । निर्माण सामाग्री, उद्योग तथा शेयरबाट आम्दानीका बाटाहरु फराकिला हुनेछन् । छोटो दुरीको धार्मिक यात्राको सम्भावना रहेकोछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)  कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठूला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दीर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । निर्माण सामाग्री, गरगहना तथा शेयर बजारको लागानीबाट लाभ लिन सकिनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ भने चिट्ठा प्राप्तिको गतिलो योग रहेकोछ । आफन्त तथा दिदिबहिनीबाट सहयोग तथा समर्थन पाइनेछ । सुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके फइदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु राख्न सकिनेछ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ । व्यवसायिक यात्राको तय गर्न सकिनेछ भने कर्मफल प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मियता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरीको धार्मिक यात्रा हुनेछ । व्यापार, शेयरबजार तथा उद्योगको लगानीबाट फाइदा हुने समय रहेकोछ ।
 
मकर (भो,जा,जि,जु,जे,जो,ख,,खि,खु,खे,खो,गा,गी) विवादित विषयहरुबाट निचोड तपाईंकै पक्षमा आउने हुनाले खुशीले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ काम गर्न सकिनेछ । तपाईंसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ ।
 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) अध्ययन अध्यापनमा रुची बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईंकै नाम अग्र स्थानमा आउनेछ । काममा आफन्तको सहयोग मिल्नेछ । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।  वित्तीय क्षेत्रमा लगानी गरेर आम्दानी बढाउन सकिनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) आमा, आफन्त तथा सहयोगीबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवन साथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययनमा अलिक बढी समय दिन सक्दा प्रगति गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

गोलबजारमा ज्यान गुमाएका यादवको शव प्रहरीले उठायो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्र ...

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब