एसइईको नतिजा सुधार्न १३२ स्वयंसेवक शिक्षक भर्ना गर्दै प्रदेश सरकार

  • फागुन २, २०८१ | ६३३ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारले एसइईको नतिजा सुधार गर्न प्रदेशभरि एक सय ३२ स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ । विद्यालय शिक्षाको गुणस्तर बढाउन तथा उपलब्धिमूलक सिकाइ हासिल गर्न प्रदेश सरकारले प्रदेशका सामुदायिक विद्यालयहरूमा विभिन्न चार विषय अध्यापन गराउने गरी स्वयंसेवक शिक्षक भर्ना गर्न लागेको हो ।

प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले बिहीबार एक सय ३२ जना प्रदेश स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । प्रदेश सरकारले विद्यालय शिक्षालाई सबल, सुदृढ र परिणामुखी बनाउन प्रदेश स्वयंसेवक शिक्षकको अवधारणा ल्याएको हो । एक दशकभन्दा बढी समयदेखि सामुदायिक विद्यालयमा शिक्षकको नयाँ दरबन्दी कायम नभएको र विद्यमान दरबन्दीमा संशोधन एवं परिमार्जन भएको छैन । जसले गर्दा अधिकांश विद्यालयमा विषयगत शिक्षक अभाव र विद्यार्थी अनुपातमा शिक्षक कम छन् । 

प्रदेशका त्यस्ता विद्यालयमा विषयगत शिक्षक व्यवस्थापन गरी तीव्र गतिमा सिकाइ उपलब्धि प्राप्त गर्न प्रदेश स्वयंसेवक शिक्षकको पदपूर्ति गर्न सरकारले दरखास्त आह्वान गरेको मुख्यमन्न्त्री सतिशकुमार सिंहले बताए । 

विद्यालयमा बर्सेनि शिक्षकहरू सेवानिवृत्त हुँदै गएको, अधिकांश विद्यालयमा अंग्रेजी, गणित, विज्ञान र नेपाली विषयका शिक्षक उपलब्ध नरहेको र सोही कारणले कक्षा ९ र १० का विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको छ । यस्तोमा नयाँ पाठ्यक्रम र शिक्षण शैलीअनुरूप पठनपाठन गराउन सक्ने अनुभवी तथा तालिमप्राप्त शिक्षकबाट विद्यार्थीलाई गुणात्मक सिकाइमा फड्को मार्न सघाउ पुग्ने शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले बताइन् । 

सामुदायिक विद्यालयका लागि शिक्षक परिपूर्ति गर्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने भएपछि केही योग्य र अनुभवी व्यक्तिले सामान्य रोजगारसमेत पाउने तथा नयाँ पुस्तामा शिक्षण पेसाप्रति आकर्षण बढ्ने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले बताए ।

कमलामा देवी मेलामा धामीझाँक्री र श्रद्धालुको घुइँच

मिथिलाको पौराणिक, धार्मिक तथा सांस्कृतिक परम्परासँग जोड ...

विश्वभर हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या,

विश्वभर गत वर्ष प्रत्येक घण्टा औसत पाँच महिला तथा बालिक ...

मंसिर ९ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ९ गते । बुधबार । ...

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब