फागुन ८ गते बिहीबार, यस्ताे छ तपाईँकाे राशिफल

  • फागुन ८, २०८१ | ३९७ पटक पढिएको | सीमा संदेश
alt

आज विक्रम संवत २०८१ साल फाल्गुन ८ गते,  बिहीबार । ईश्वी सन् २०२५ फेव्रुवरी २० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–सप्तमी, ० घडी ३३ पला, बिहान ६ बजेर ५२ अष्टमी । नक्षत्र–विशाखा, १० घडी ३५ पला, बिहान १० बजेर ५३ मिनेट उप्रान्त अनुराधा । योग– ध्रुव, ६ घडी ५५ पला, बिहान ९ बजेर २५ मिनेट उप्रान्त व्याघात । करण–बव, बिहान ६ बजेर ५२ मिनेट उप्रान्त बालव, बेलुकी ७ बजेर ४५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वज योग  चन्द्रराशि–बृश्चिक  । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५७ मिनेट । दिनमान २८ घडी १६ पला ।

आजको बार बेला  
बिहान ०६ बजेर ३९ मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ४० मिनेटदेखि बिहान ८ बजेर ४ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर ५ मिनेटदेखि बिहान ९ बजेर २९ मिनेटसम्म उद्धेग  बेला ।
बिहान ०९ बजेर ३० मिनेटदेखि बिहान १० बजेर ५४ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ५५ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म अमृत बेला ।
दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर ८ मिनेटसम्म काल बेला ।
दिउँसो ४  बजेर ९ मिनेटदेखि बेलुकी ४ बजेर ३३ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर ३४ मिनेटदेखि बेलुकी ७ बजेर ३३ मिनेटसम्म अमृत बेला ।
नोट  : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर ७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर ३ मिनेटदेखि बिहान ५ बजेर ५१ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष 
(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने ग्रहयोग रहेकोछ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । र, पनि शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट केही मात्रमा नाफा कमाउन सकिनेछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) लामो दुरीको रमाइलो व्यवसायिक यात्रा हुने भए खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथीसँग आत्मियताको कमी हुनेछ भने एक्लो पनको महशुस हुनेछ । साझेदारी व्यवसायमा अविश्वास सिर्जना हुनेछ भने आजको दिन व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेकोछ ।  र, पनि अध्ययनमा मन जानेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्राको तय हुनेछ । विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लगानी गर्नको लागी केही समय पर्खनु नै उचित रहेकोछ । र, पनि माया प्रेममा नजिक भई आफ्ना भावनाहरु साटासाट गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनेछन् । व्यापार, उद्योग तथा शेयरबजारको लगानीबाट धन आर्जन गर्न सकिनेछ । मावली तथा आफन्तबाट आर्थिक सहयोग पाइने योग छ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुशी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईंको क्षमताको कदर गर्नेछन् । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलिक बढी नै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । र, पनि कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनसक्दा तपाईंको कामदेखि सबै खुशी हुनेछन् । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) पारिवारिक असमझ्दारीले कामहरु गर्न केही कठिनाई हुनेछ भने दाजुभाइसँग विवाद बढ्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ । र, पनि व्यापार, उद्योग तथा वित्तीय बजारमा लगानी गरेर आम्दानी बढाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी यात्राको अवसर जुर्नेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) परिवार तथा नजिकका मानिसबाट तपाईंको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारी विनै महत्वपूर्ण काम शुरु गर्दा बिग्रनेछ । प्रेम प्रसंगमा माउन चाहनेहरुका यस दिन दिन टाडै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाव सिर्जना हुनेछ । र, पनि विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वास्थ्यमा समयस्या आई खर्च बढ्ने योग रहेकोछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) आर्थिक दृष्टिले दिन उत्तम रहेकोछ भने अधुरा योजनाहरु पुरा हुनेछन् । व्यापार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पूख्र्यौली सम्पत्तिको प्रयोगमार्फत मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । पढाइ लेखाइ उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।  
 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथीभाइको  सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
 
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,दा) धर्म तथा अध्यात्म कार्यमा रुची बढ्नेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासील गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । धनधान्य तथा सुखमा बृद्धि हुनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नीबीच विवाद बढ्नेछ भने चेली माइतीबीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरु नै लागी पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुःख पाउने समय छ, भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरु सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

तीन खुट्टा भएको बालिका जन्मियो

रौतहटको राजपुरमा तीनवटा खुट्टा भएको नवजात बालिकाको जन्म ...

मधेशको सत्ता राजनीतिमा नयाँ मोडको संकेत

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्र ...

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्य

सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्य ...

कार्तिक १७ गते मंगलबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १७ गते । मंगलबा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब