१८ विद्यार्थी अचानक बेहोस, विद्यालय दुई दिनका लागि बिदा

  • फागुन २०, २०८१ | ३९१ पटक पढिएको | सीमा संदेश
alt

 पर्साको कालिकामाई गाउँपालिका ४ कटिबलुवास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका १८ विद्यार्थी अचानक बेहोस भएका छन् ।

बेहोस् भएका १७ विद्यार्थी उपचारपछि घर फर्केका छन् भने एक जना अझै उपचाररत छन् । कालिकामाईका अध्यक्ष बशिष्ट कुमारका अनुसार एक विद्यार्थीको अवस्था अलि बढी बिग्रेपछि वीरगंज लग्नुपरेको छ । बाँकी विद्यार्थीहरु पोखरीमा अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।

एकपछि अर्को विद्यार्थी अचानक बेहोस भएर लड्न थालेपछि विद्यालयमा भागाभाग मच्चिएको थियो । गापा अध्यक्ष बशिष्टले भने, ’विद्यालय आएलगत्तै पहिले एक छात्रा बेहोस भएकी थिइन् । एक घण्टापछि एकपछि अर्को गर्दै १८ विद्यार्थी बेहोस भयो ।’

बेहोस भएका सबै विद्यार्थीलाई एम्बुलेन्समा पोखरी लगेर उपचार गराएको अध्यक्ष बशिष्टले बताए । उनले भने, ’एक जना छात्रको उपचार वीरगन्ज मेडिकल अस्पतालमा भइरहेको छ ।’

विद्यार्थीहरु किन बेहोस भएको कुरा खुल्न सकेको छैन् । कतिपयले भूतप्रेतको प्रकोपले विद्यार्थीलाई बेहोस पारेको बताउँछन् । गापा अध्यक्ष बशिष्टले विद्यार्थीहरु बेहोसको भएको कारण थाहा नभएको बताए ।

बेहोस हुने समस्याले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु त्रसित बनेका छन् । विद्यालयको पठन–पाठन सोमवार ठप्प रह्यो । गाउँपालिकाले थप दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

कमलामा देवी मेलामा धामीझाँक्री र श्रद्धालुको घुइँच

मिथिलाको पौराणिक, धार्मिक तथा सांस्कृतिक परम्परासँग जोड ...

विश्वभर हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या,

विश्वभर गत वर्ष प्रत्येक घण्टा औसत पाँच महिला तथा बालिक ...

मंसिर ९ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ९ गते । बुधबार । ...

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब